काठमाडौं (रेडियो ओखलढुंगा) । साङ्गे शेर्पाको निर्देशनमा बनेको ‘म्यूजिक भिडियो’ लोसार मेला सार्वजनिक भएको छ । राजधानीको कपनस्थित एक होटलमा आयोजित औपचारिक कार्यक्रमकावीच पूर्व सभासद् आङ दावा शेर्पाको उपस्थितीमा ‘म्यूजिक भिडियो’ सार्वजनिक गरिएको हो । चर्चित गायक दावा के शेर्पाको शब्द, स्वरमा सजिएको गीतमा गायनमा पाल्मो शेर्पा रहेको थियो । नयाँ बर्ष लोसार नजिकीँदै गर्दा सार्वजनिक गरिएको भिडियोमा विभिन्न जातजातिको संस्कृति झल्किने प्रस्तुती हेर्न पाइन्छ । लोसार मान्ने समुदायहरु तामाङ, गुरुङ, शेर्पा लगायतका भेषभूषामा छायाँकन गरिएको ‘म्यूजिक भिडियो’ मा कर्मा शेर्पा, कुंगा शेर्पा, लाक्पा शेर्पा, मिङमा डोल्मा शेर्पा, आङ फुली शेर्पा, मिङमा सोनाम शेर्पा, ङिमा गेलु शेर्पा, डिजे सोनाम लगायतको अभिनय रहेको छ । शेर्पा फिल्मस्को व्यानरमा बनेको म्यूजिक भिडियो शेर्पा फिल्मस्कै युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । लोसारमा गरिने क्रियाकलाप, लोसार मेलामा युवाहरुवीच हुने मायाप्रितीका कुरालाई विषयवस्तु बनाइएको भिडियोमा कलाकारहरुको अभिनयलाई औपचारिक कार्यक्रममा सहभागिहरुले उत्कृष्टताको श्रेया दिएका छन् । शब्द सिर्जना, संगीत, अभिनय, सम्पादन, निर्देशन र स्थल छनौट समेतले म्यूजिक भिडियो उत्कृष्ट बनेको प्रमुख अतिथि शेर्पाले बताए । आयोजित औपचारिक कार्यक्रममा गायक तथा लोसार मेलाका सर्जक दावा के शेर्पाले कलाकारितामार्फत समाजलाई योगदान दिने र भाषा, कला, संस्कार, संस्कृतिको विकास प्रबद्र्धनका लागि लोसार मेला म्यूजिक भिडियो ल्याइएको धारण राखे । निर्देशक साङ्गे शेर्पाले गायन, अभिनयपछि आफू निर्देशनतिर अघि बढेको र फलस्वरुप लोसार मेला ल्याउन सफल भएको र यसलाई आम श्रोता, दर्शकले मन पराउने विश्वास व्यक्त गरे । शेर्पा समुदायको वाक्लो उपस्थितीकावीच म्यूजिक भिडियो सार्वनिकीरकणसँगै नुमुज व्यूटिपार्लर तथा तालिम केन्द्रका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र समेत प्रदान गरेको थियो । त्यस्तै, समाजमा विशिष्ट योगदान पुर्याएर ख्याती कमाएका व्यक्तित्वहरुलाई समेत सम्मान गरेको शेर्पा फिल्मस्का प्रमुख कार्यकारी अधिकृत कर्मा शेर्पाले जानकारी दिए । https://www.youtube.com/watch?v=Gm74WaCrAaE
कमेन्ट गर्नुहोस
Comment Section