ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिमा वडा नं ७ टोक्सेलमा माझि समुदायको भाषा प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल माझि चलचित्रकर्मी संघ ओखलढुंगाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा वडा भित्रका नागरिकहरुलाई माझि भाषा बोलचालको सहजताको लागि प्रशिक्षण प्रदान गरिएकोे हो । बोलीचालीमा सहज होस् भनेर अन्य सुमुदायले समेत माझि भाषाको प्रशिक्षण लिएको वडा अध्यक्ष विष्णुप्रसाद गौतमले जनकारी दिनुभयो । लोपहुन लागेको माझि भाषा तथा माझि समुदायको संस्कार, संस्कृतीको संरक्षण गर्ने उद्देश्यले प्रशिक्षण प्रदान गरिएको अध्यक्ष गौतमले बताउनुभयो । माझि भाषालाई जगेर्ना गर्नको लागि गाउपालिकाले माझि भाषा संग्रहालयको समेत डिपिआर तयारी गरीसकेको छ । सङ्ग्रहालय निर्माणको लागि प्रदेश नं १ सभामुख बाबुराम गौतम र प्रदेश सांसद प्रदीप सुनुवारले बजेट विनियोजन गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको जनाएको छ । कार्यक्रममा चिसङ्खुगढी गाउँपालिका प्रमुख निशान्त शर्मा, मानेभन्ज्याङ प्रमुख ज्ञानेन्द्र रुम्दाली, उपप्रमुख आश्रचन राई, राष्ट्रि«य गानका सर्जक प्रदिपकुमार राई (ब्याकुल माईला) लगायतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस
Comment Section