ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङका झण्डै २ हजार नागरिकले निःशुल्क स्वास्थ्य परिक्षण तथा परिचयपत्र घुम्ति शिविर सेवा लिएका छन् । माघ ३ गतेबाट वडा नं. १ मोलीबाट सुरु गरिएको शिविर बुधबार वडा नं. ५ मानेभन्ज्याङमा सञ्चालन गरि सम्पन्न भएसँगै १ हजार ९ सय ९१ जनाले सेवा लिएको सूचना अधिकारी विपिन कार्कीले जानकारी दिनुभयो ।
वडाअन्तर्गत हेर्ने हो भने बुधबार वडा नं. ५ मानेभन्ज्याङ स्वास्थ्यचौकीमा भएको शिविरमा ३ सय जना, मंगलबार वडा नं. ६ स्वास्थ्य चौकी थाक्लेमा २ सय ३६ जना, सोमबार वडा नं. ८ वडा कार्यालय राघवपुरमा १ सय ८१ जनाले सेवा लिएका थिए । आईतबार वडा नं. ९ निकेतन मावि माधवपुरमा ३ सय १० जना, शनिबार वडा नं. ७ वडा कार्यालय टोक्सेलका २ सय १२, शुक्रबार वडा नं. ४ केत्तुकेका १ सय ७५ जना, विहिबार वडा नं. ३, उबुँमा २ सय ७ जनालाई सेवा प्रदान गरिएको थियो । शिविर सञ्चालनको दोस्रो दिन बुधबार वडा नं. २ बाक्सामा २ सय ७४ जना र पहिलो दिन मंगलबार वडा नं. १, स्वास्थ्य चौकी मोलीमा सय भन्दा बढीले सेवा लिएका थिए ।
गाउँपालिकाको महिला बालबालिका तथा समाज कल्याण शाखा र स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन गरिएको शिविर प्रत्येक वडामा १÷१ दिन सञ्चालन गरिएको थियो । जसमा सबै प्रकारका नागरिकहरुले स्वास्थ्य परिक्षण तथा परिचयपत्र सेवा लिएको गाउँपालिकाले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section