ओखलढुंगा (रेडियो ओखलढुंगा) । शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुंगाले जिल्लामा स्थायी नियुक्तिका लागि सिफारीस भएर आएका निमावि तहका शिक्षकहरुलाई नियुक्तिपत्र प्रदान गरेको छ । निमावि तहअन्तर्गत विभिन्न विषयमा सिफारिस भई आएका ३८ जना शिक्षकहरुलाई विहिबार नियुक्तिपत्र प्रदान गरि पालिका अन्तर्गत सिफारीस गरिएको हो ।
जिल्लाका ८ ओटै स्थानीय तहमा नेपाली विषयका १०, अंग्रेजी विषयको ८, सामाजिक विषयको ७, गणित विषयको १०, विज्ञान विषयको २ र गणित÷विज्ञान विषयको १ गरि ३८ जना शिक्षकहरुलाई नियुक्ति प्रदान गरिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख नेत्रप्रसाद गजुरेलले जानकारी दिनुभयो ।
जसमा चिसङखुगढी गाउँपालिकामा अङ्ग्रेजी २, गणित ३, सामाजिक, नेपाली र विज्ञान विषयको १÷१ जना गरी ८ जना, मोलुङ गाउँपालिकामा नेपाली विषयको ३, अंग्रेजी र गणितको २÷२ जना गरी ७ जना शिक्षक सिफारीस गरिएको छ । त्यस्तै सिद्धिचरण नगरपालिकामा सामाजिक २, गणित, नेपाली र गणित÷विज्ञान १÷१ गरी ५ जना, लिखु गाउँपालिकामा अङ्ग्रेजी, गाणित र सामाजिक विषयको १÷१ जना गरी ३ जना, मानेभन्ज्याङ गाउँपालिकामा नेपाली २, गणित र सामाजिक विषयमा १÷१ जना गरि ४ जना रहेका छन् । चम्पादेवी गाउँपालिकामा अङ्गे्रजी विषयको १ जना, सामाजिक र नेपाली विषयको २÷२ जना गरी ५ जना, सुनकोशी गाउँपालिकामा नेपाली विषयको १ जना र खिजिदेम्बा गाउँपालिकामा विज्ञान विषयको १ जना, अङ्ग्रेजी र गणित विषयको २÷२ जना गरी ५ जना शिक्षकलाई सिफारिस गरिएको छ ।
शिक्षा विकास निर्देशनालय धनकुटाबाट माघ ६ गते ओखलढुंगालाई पठाएको सिफारीस अनुसार १ साता भित्र सिफारीस भएका शिक्षकहरुलाई पालिका छनौट गर्ने समयअवधि राखिएको थियो । जसअन्तर्गत समयअवधि भन्दा १ दिन अगावै सबै शिक्षकहरुको निवेदन आईसकेकाले सातौँ दिन आज विहिबार नियुक्ति सहित अभिमूखिकरण तालिम प्रदान गरिएको ईकाई प्रमुख गजुरेलले बताउनुभयो ।
ईकाई प्रमुख गजुरलले प्रशिक्षण दिनुभएको उक्त तालिममा शिक्षकहरुलाई सपथ ग्रहण गराउँदै सेवा प्रवेशमा गर्नुपर्ने महत्वपूर्ण कार्यहरु, शिक्षण सिकाई तादम्यता सम्बन्धि अभिमूखिकरण प्रदान गरिएको जनाइएको छ ।
सबै स्थानीय तहमा सिफारीस गरेका शिक्षकहरुलाई पालिकाले विद्यालय छनौट गरी पठाउने शिक्षा विकास तथा समन्वय ईकाई ओखलढुंगाले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section