ओखलढुंगा (रेडियो ओखलढुंगा) । विद्या राई स्मृती मावि स्तरीय खुल्ला भलिबल प्रतियोगिताको उपाधी कुईभिर मावि कुईभिरले जितेको छ । चिसङ्खुगढी गाउँपालिका वडा नं. १ कुईभिर, सिंहदेवी खेलमैदानमा सम्पन्न मावि स्तरीय भलिबल प्रतियोगीताको फाईनलमा जाल्पा माविलाई हराउँदै कुईभिर माविले उपाधी जितेको हो ।
फाईनलमा हार ब्यहोरेसँगै जाल्पा मावि दियाले उपविजेतामा सिमित भएको छ । ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका गरी ११ ओटा मावि स्तरीय विद्यालयको सहभागीता रहेको प्रतियोगीतामा हिमालदर्शन मावि नेचाले सान्त्वना स्थान प्राप्त गरेको समाजका अध्यक्ष डिल्लिबहादुर राईले जानकारी दिनुभयो ।
भलिबल प्रतियोगीता सम्पन्न भएसँगै वडाभित्रका ५१ जना ८० वर्षभन्दा माथीका जेष्ठनागरिकहरुलाई खाद्यान्न वितरण गर्दै दोसल्ला ओढाएर सम्मान, कुईभिर वृत्तचित्र निर्माण र हाजिरीजवाफ प्रतियोगिता गरिएको अध्यक्ष राईले बताउनुभयो ।\
शुक्रबार भएको वडाभित्रका आधारभूत विद्यालय स्तरीय हाजिरिजवाफ प्रतियोगीतामा कुईभिर माविले प्रथम स्थान प्राप्त गरेको छ । गहते आवि द्धितिय, हरिकालिका आवि तृतीय र निरार्जुन आविले सान्त्वना स्थान प्राप्त गरेको छ । हाजिरिजवाफतर्फ ४ ओटा विद्यालयको सहभागीता रहेको थियो ।
कुईभिर सेवा समाज ओखलढुंगा काठमाण्डौको आयोजनामा सम्पन्र्न भलिबल प्रतियोगीताको विजेता समूहलाई ५० हजार, उपविजेतालाई ३० हजार र सान्त्वना समूहलाई २० हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै शुक्रबार सम्पन्न हाजिरीजवाफतर्फ प्रथम, द्धितिय, तृतिय हुने समूहलाई, ५ हजार, ३ हजार, २ हजार सहित प्रमाणपत्र प्रदान गरिएकोे कुईभिर सेवा समाजले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section