ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा

  • प्रकाशित मिति: १५-माघ-२०७९ ७:१७
  • रेडियो ओखलढुंगा
पाँच लाख राशीको पसी शेर्पा स्मृती भलिबल आफ्नै खेलमैदानमा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । पाँच लाख राशी बराबरकोे पसी शेर्पा स्मृती रनिङशिल्ड कप महिला तथा पुरुष भलिबल प्रतियोगीता फागुन ११ गतेबाट हुने भएको छ । पसी शेर्पा ट्रष्टको आयोजनामा खिजिदेम्बा गाउँपालिका वडा नं. ६ स्थित नवनिर्मित पसी शेर्पा स्मृती खेलमैदानमा फागुन ११ गतेबाट महिला तथा पुरुष भलिबल प्रतियोगीता हुने भएको हो । May be an image of 11 people and outdoors शिक्षा, खेलकुद, पर्यटन तथा परोपकारी क्षेत्रमार्फत राष्ट्रनिर्माणमा योगदान पुर्याउने उद्देश्यले आयोजना वडास्तरीय प्रतियोगीता आयोजना गरिएको अध्यक्ष लाक्पागेल्जे शेर्पाले जानकारी दिनुभयो । प्रतियोगीतामा जिल्लाबाट ७५ ओटै वडाका महिला तथा पुरुष खेलाडीहरुले सहभागीता जनाउन पाउनेछन् । आठ समूहसम्म लिग र सो भन्दा माथी सहभागी भएमा लिगकम नकआउटको आधारमा खेलाईने छ । प्रतियोगीताको विजेता समूह महिला र पुरुष दुवैतर्फ रु.५ लाख राशी बराबरको रनिङशिल्डसहित नगद रु.७० हजार, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै उपविजेता समूहले ४५ हजार, तृतीय समूहले २५ हजार र सान्तवनाले १५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । दश समूहभन्दा बढीको सहभागीता भएमा मात्र सान्त्वना पुरस्कार प्रदान गरिने प्रचारप्रार संयोजक पेम्बा शेर्पाले जानकारी दिनुभयो । प्रतियोगीतामा सहभागी हुने खेलाडीहरुले फागुन १० गतेसम्म टिम दर्ता गराईसक्न आयोजकले अनुरोध गरेको छ । ट्रष्टले भलिबल प्रतियोगीतासँगै खिजिदेम्बा गाउँपालिका भित्रका विद्यालबाट अध्ययन गरि कक्षा १२ मा सर्वाेत्कृष्ट नतिजा प्राप्त गरेका छात्र र छात्रा १÷१ जनालाई सम्मान गर्ने भएको छ । उनीहरुको सम्मान स्वरुप रु.२५ हजार नगद सहित प्रशंसापत्र प्रदान गर्दै ‘टप स्टुडेन्ट अफ द ईयर’ घोषणा गरिने पसी शेर्पा ट्रष्टले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top