ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह

  • प्रकाशित मिति: १५-माघ-२०७९ ७:४३
  • रेडियो ओखलढुंगा
‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन सामुदायिक विद्यालयमा चमेनागृह

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकाको वडा नं. ५, भगवती माद्यमिक विद्यालयमा चमेनागृह स्थापना गरि उद्घाटन गरिएको छ । गाउँपालिकाले सञ्चालन गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत शुक्रबार भगवती माविमा चमेनागृह उद्घाटन गरिएको हो । “स्थानीय स्तरमा उत्पादित जैविक खाध परिकार, आरोग्यता लाभ सहित जीवन जिउने मूल आधार” भन्ने मूल नाराका साथ बजारमा पाईने चाउचाउ, विस्कुट, चटपटे लगायतका जङ्कफुडहरुबाट बालबालिकालाई टाढा राख्दै स्थानीय स्तरमा उपलब्ध हुने ‘अर्ग्यानिक’ खानेकुरामा जोड दिन विद्यालयमा चमेनागृह स्थापना गरिएको गाउँपालिका उपप्रमुख आश्राचन राईले जानकारी दिनुभयो । विद्यार्थीहरुको दिवा खाजा बापत प्राप्त हुने रकम र गाउँपालिकाको रु.५० हजार बजेटबाट चमेनागृह सञ्चालन गरिएको उपप्रमुख राईले बताउनुभयो । पालिका भित्रका ४५ ओटै सामुदायीक विद्यालयमा लागु गर्ने गरी सुरु गरीएको कार्यक्रममा यसभन्दा अघि पालिकाको ६ ओटा विद्यालयमा चमेनागृहको स्थापना गरिएको छ । बाँकी विद्यालयहरुमा पनि निरन्तर स्थापना गर्दै लैजाने योजना रहेको गाउँपालिकाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top