ब्रेकिङ न्युज

पहिरोमा परि एक युवा घाइते   |  सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  

Single Image

मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे

  • प्रकाशित मिति: १५-माघ-२०७९ ८:४२
  • रेडियो ओखलढुंगा
मोलुङमा आमा सुरक्षा कार्यक्रमः निःशुल्क गर्भवती भिडियो एक्सरे

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मोलुङ गाउँपालिकामा आमा सुरक्षा कार्यक्रम अन्तर्गत ग्रामिण घुम्ति निःशुल्क भिडियो एक्सरे शिविर सम्पन्न भएको छ । पालिकाको स्वास्थ्य शाखाको आयोजनामा सम्पन्न शिविरमा वडा नं. ६, स्वास्थ्य चौकी श्रीचौर स्थित गर्भवती महिलाहरुको भिडियो एक्सरे गरिएको हो । पालिका भित्रका ७ ओटा हेल्थपोस्ट र ८ ओटा वर्थिङ सेन्टरमा प्रत्येक ३–३ महिनामा सञ्चालन गरिने घम्ति शिविर अन्तर्गतको कार्यक्रम बिहिबार स्वास्थ्य चौकी श्रीचौरमा सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा नर्सिङ निरिक्षक अधिकृत शारदा राईले जानकारी दिनुभयो । जसमा वडा भित्रका १० जना गर्भवती महिलाहरुको भिडियो एक्सरे गरि स्वास्थ्य परिक्षण गरिएको अधिकृत राईले बताउनुभयो । आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क भिडियो एक्सरे घुम्ति शिविर अन्य स्वास्थ्यचौकी र बर्थिङ सेन्टरमा निरन्तर चल्ने पालिकाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top