ब्रेकिङ न्युज

पहिरोमा परि एक युवा घाइते   |  सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  

Single Image

सिद्धिचरण नगरभित्र बुहारीले छात्रवृत्ति पाउने

  • प्रकाशित मिति: १५-माघ-२०७९ ७:०४
  • रेडियो ओखलढुंगा
सिद्धिचरण नगरभित्र बुहारीले छात्रवृत्ति पाउने

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका ओखलढुंगाले बुहारीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विवाहित छात्राहरुलाई बार्षिक ६ हजार बुहारी छात्रवृित्त प्रदान गर्ने भएको हो । विवाह गरेर पनि आफ्नो अध्ययनलाई निरन्तरता दिन प्रेरित गर्ने हेतुले बुहारी छात्रवृत्ति अभियान सञ्चालन गरेको नगरप्रमुख तेजन खनाल तेजेन्द्रले जानकारी दिनुभयो । ‘विवाह गरेपछि चुलो चौका, गाईगोठ, मेलापातमा सिमित हुनुपर्ने वाध्यात्मक अवस्थालाई मध्येनजर गर्दै समयसापेक्ष शिक्षा हासिल गर्न विवाहितहरुलाई समेत सहज होस् भन्ने हेतुले यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं ।’ उपप्रमुख केदरबाबु वस्नेतले रेडियो ओखलढुंगासँग भन्नुभयो । बुहारीहरु घरको कामधन्दा सकेर पनि अध्ययनलाई पूरा गर्न सकियोस् भन्ने हेतुले नगरभित्र बुहारी छात्रावृत्ति कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले जानकारी दिनुभयो । विवाहित छात्राहरुले रितपूर्वक सम्बन्धित विद्यालयबाट शैक्षिक सत्र २०७९ मा शिक्षा, युवा तथा खेलकूद शाखाका आवेदन पेश गर्नुपर्ने शिक्षा शाखा अधिकृत फणिन्द्रबहादुर कटवालले जानकारी दिनुभयो । आवेदकहरु प्रचलित कानून अनुसार उमेर पूरा भई विवाह गरेका, नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयमा भर्ना भई नियमित अध्ययन गरिरहेको हुनुपर्ने प्रवधान तोकिएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top