ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

चुप्लुङभन्ज्याङमा देगेलिङ गुम्बाको डिपिआर सुरु

  • प्रकाशित मिति: २८-माघ-२०७९ २:०१
  • रेडियो ओखलढुंगा
चुप्लुङभन्ज्याङमा देगेलिङ गुम्बाको डिपिआर सुरु

ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजिदेम्बा गाउँपालिका वडा नं. ५ चुम्प्लुङभन्ज्याङमा देगेलिङ गुम्बा निर्माणको लागि डिपिआर सुरु गरिएको छ । धार्मिक महत्व बोकेको गुम्बा २०७२ सालको भुकम्पले भग्नावशेष भएपछि पुनःनिर्माणको लागि डिपिआर सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पा, गाउँपालिका प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष रामकुमार सुनुवार, प्राविधिक, गुम्बा निर्माण समिती तथा स्थानीयहरुको उपस्थितीमा छलफल गरी पर्यटन पथ मार्गमा पर्ने गुम्बा संरचना ठूलो र आकर्षक बनाउने योजना रहेको निर्माण समिति सहसचिव दावाजाङ्बु शेर्पाले जानकारी दिनुभयो । डिपिआरको काम सम्पन्न भएसँगै फागुन १५ गतेबाट निर्माण कार्य सुरु गरिने लक्ष्य रहेको छ । गुम्बा निर्माणका लागि २ करोड भन्दा बढी लागत लाग्ने अनुमान गरिएसँगै कार्यसमितिले सहयोग संङ्कलन समेत सुरु गरेको छ । निर्माणका लागि अहिलेसम्म ४० लाखभन्दा बढी आर्थिक सङ्कलन भैसकेको सहसचिव शेर्पाले बताउनुभयो । No description available.२०७२ वैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पले धार्मिक गुम्बा पूर्ण रुपमा ध्वस्त भइ पुराना धार्मिक ग्रन्थहरु, मुर्ति वास्तुकला, चित्रकला लगायत दश लाख बन्द बढी सम्पत्ती नष्ट भएको थियो । गुम्बा निर्माण कार्यका लागि आर्थिक सहयोग अभाव भएकाले इच्छुक सहयोगको आशा समेत गुम्बा परिवारले गरेको छ । साथै आर्थिक सहयोग गर्न इच्छुक सहयोगी मनहरुले देगेलिङ गुम्बाको आधिकारीक फेसबुक मार्फत सम्पर्क गर्न अनुरोध गरेका छन् । ३ लाख भन्दा माथि सहयोग गर्ने महानुभावलाई संरक्षक सदस्यको प्रमाण–पत्र सहित नाम, ठेगाना फोटो फ्रेम बनाई राखिने र एक लाख भन्दा माथि सहयोग गर्ने महानुभावहरुलाई आजिवन सदस्य दिइने, नाम, ठेगाना फोटो फ्रेम बनाई गुम्बामा राखिने छ । त्यस्तै पचास हजार भन्दा माथिको सहयोग गर्ने दाताहरुको नाम ताम्र–पत्रमा लेखिने र दश हजार भन्दा माथिको सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा लेखिने गुम्बा निर्माण समितिले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top