ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

बुद्धपार्क, बौद्ध र गुम्बा निर्माण शुरु

  • प्रकाशित मिति: १५-फाल्गुण-२०७९ १०:३८
  • रेडियो ओखलढुंगा
बुद्धपार्क, बौद्ध र गुम्बा निर्माण शुरु

ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका वडा नं. ५ पञ्चबुद्ध टोलमा बौद्ध तथा गुम्बा निर्माणको प्रराम्भिक कार्य शुरु भएको छ । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले एक समारोहकावीच गुम्बा तथा बौद्ध निर्माणस्थलको शिलान्यस गर्नुभएको हो । बौद्धसंस्कार अनुसार लामा गुरुले मन्त्रोचरण, पूजापाठसँगै बौद्धपार्कको विधिवत शिलान्यास गरिएको स्थानीय पत्रकार इन्द्र घिसिङले जानकारी दिनुभयो । खिजीफलाटे बजार नजिकै बौद्ध, गुम्बा निर्माणका लागि स्थानीयले निशुल्क जग्गा दान गरेसँगै बुद्धपार्क, गुम्बा, स्तुपा निर्माणको प्रक्रिया अघि बढाइएको जनाइएको छ । स्थानीय बौद्धमार्गीहरुको वाक्लो वसोवास रहेको यस क्षेत्रमा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न यस परियोजनाले टेवा पुग्ने अध्यक्ष शेर्पाले सो अवसरमा विश्वास व्यक्त गर्नुभयो ।

सम्पन्न कार्यक्रमबारे इन्द्र तामाङको फेसबुकबाट थप जानकारीः

खिजी फलाटेको पञ्च बुद्ध टोलमा एकै साथमा बोधी चैत्य र गुम्बाको शिल्यान्यास ।
इन्द्र घिसिङ / फागुन १४ । ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका वार्डनं ५ मा रहेको खिजी फलाटे पञ्च बुद्ध टोलमा एकै साथमा निर्माणाधिन ङिङमा छ्योखोरलिङ गुम्बा र बोधी चैत्यको शिल्यान्यास कार्य र बिश्वमा छाईरहेको खरेडी तथा अनाबृष्टीको अन्त्यको कामना गर्दै बर्षातका लागि प्रकृतिको पूजा स्वरूप साङ ग्याबा , ल्हप्सो पूजा गर्ने कार्यक्रम एक भव्य समारोहबीच सम्पन्न भएको छ ।
पञ्च बुद्ध मणीपा सङ्घ खिजी फलाटे र साङ्गेदा फ्याफुल्बा गुठीको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रम पञ्च बुद्ध मणीपा सङ्घको अध्यक्ष केशव सिंह बोमजन तामाङको अध्यक्षता , खिजी देम्बा गाउँ पालिकाका अध्यक्ष गम्बु शेर्पाको प्रमुख आतिथ्यता, गोन्खान्दीङ च्याङदेर छ्योलिङ गुम्बा खिजी देम्बा ९ का प्रमुख गुरू लामा चुन्डु शेर्पा , खिजी देम्बा गाउँ पालिका वार्डनं- ५ का वार्ड अध्यक्ष राम कुमार सुनुवारको बिशेष आतिथ्यतामा सम्पन्न उक्त शिल्यान्यास कार्यक्रममा कमल कृष्ण घिसिङ तामाङको अध्यक्षतामा १३ सदस्यीय ङिङमा छ्योखोरलिङ गुम्बा तथा बोधी चैत्य निर्माण हेतु एक निर्माण कार्य समितिको गठन गरिएको छ । जस्मा क्रमसः उपाध्यक्ष सरिस्मा तामाङ, उपाध्यक्ष कुसाङ शेर्पा "भित्ते " महासचिव: इन्द्र घिसिङ तामाङ, सचिव: लालमान घिसिङ तामाङ, कोषाध्यक्ष: लाक्पा गेल्बु शेर्पा र सदस्यहरूमा क्रमसः फुर्बा डोमा शेर्पा , लक्ष्मी गुरूङ, कुसाङ शेर्पा बैशाके, पुटी शेर्पा न्यू थोले देम्बा होटेल, लक्ष्मण पाख्रिन तामाङ रहनु भएको छ । खिजी देम्बा गाउँ पालिकाको केन्द्र खिजीफलाटेको पञ्च बुद्ध टोलमा बिश्व शान्तीका प्रतिक बोधी चैत्य र गुम्बा बन्ने भए पश्चात स्थानीयहरू खुशी र उत्साहीत भएका छन् । उक्त कार्यक्रमका प्रमुख अतिथि गम्बु शेर्पाले शिल्यान्यास कार्यक्रमलाई सम्बोधन गर्दै -"सरकारको मात्रै भर नपरी हाम्रा पुर्खाहरूले यस अघि बौद्ध गुम्बा , स्तुपा, बिहार, मठ मन्दिर ,लहरे माने र देवालयहरू निर्माण गरेका थिए । हाम्रो पुस्ताले पनि चाहेमा उक्त संरचनाहरू निर्माण गर्न सकिने " कुरामा जोड वल दिनु भयो । उक्त कार्यक्रममा खिजी देम्बा गाउँ पालिका वार्डनं ५ का वार्ड अध्यक्ष राम कुमार सुनुवार , गोन्खान्दीङ च्याङदेर छ्योलिङ गुम्बाका प्रमुख गुरू लामा चुण्डु शेर्पा लगायतका वक्ताहरूले पञ्च बुद्ध टोलमा बन्ने बोधी चैत्य र गुम्बाको निर्माण कार्य बाट आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा समेत राम्रो योगदान पुग्ने भएकाले खिजी फलाटे बजार र बजार आसपासका स्थानीयहरूले बोधी चैत्य र गुम्बाको निर्माण कार्यमा सक्दो आर्थिक भौतिक र नैतिक सहयोग उपलब्ध गर्नु पर्ने बताएका थिए । यसै बिच निर्माणाधिन बोधी चैत्य र ङिङमा छ्योखोरलिङ गुम्बा निर्माण गर्न तपसिलका महानुभावहरूले तपशील बमोजिम सहयोग राशी उपलब्ध गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ जस अनुसार :
१ ]- स्वर्गीय पिता बिरमान बोमजन तामाङ र स्वर्गीय माता सन्तमाया पाख्रिन तामाङको सम्झनामा साहींला छोरा केशव सिंह बोमजन तामाङ र साहिंली बुहारी सोम लक्ष्मी घिसिङ तामाङ खिजी देम्बा-५ पञ्च बुद्ध टोलबाट ३ रोपनी जग्गा ।
२]-स्वर्गीय पिता बिरमान बोमजन तामाङ , माता सन्तमाया तामाङ र पत्नी फुलमाया गोले तामाङको सम्झनामा कान्छा छोरा भक्त बहादुर बोमजन तामाङ र कान्छी बुहारी बिष्णु माया घिसिङ तामाङ खिजी देम्बा- ५ पञ्च बुद्ध टोल बाट ३ रोपनी जग्गा ।
३]- प्रशान्त घिसिङ तामाङ र मानकुमारी पाख्रिन तामाङ खिजीदेम्बा -५ पञ्च बुद्ध टोल बाट केही जग्गा र १०१,१११/- लाख एक हजार एक सय एघार नगद राशी ।
४]- खिजी देम्बा गाउँ पालिका प्रमुख गम्बु शेर्पा बाट १०१,१११/- एक लाख एक हजार एक सय एघार नगद राशीका साथै जिन्सी ठूलो साईजको निर्माण काया गुरू पद्म सम्भवको मूर्ति -१ थान ,काठपातको लागि १ वटा रूख र ११ दिन श्रमदान ।
५]- स्वर्गीय पिता निमा घिसिङ तामाङ स्वर्गीय माता बिजी गोलेको सम्झनामा कान्छा छोरा इन्द्र घिसिङ तामाङ र कान्छी बुहारी अनिता मोक्तान खिजी देम्बा-५ पञ्च बुद्ध टोलबाट ५०५,५५५/-पाँच लाख पाँच हजार पाँच सय पच्पन्न नगद राशी ।
६]- प्रमुख गुरू लामा चुण्डु शेर्पा- गोन्खान्दीङ च्याङदेर छ्योलिङ गुम्बा खिजी देम्बा-८ बाट १५०,०००/- बराबरको काठपात का साथै बोधी चैत्यलाई चाहिने आवश्यक प्राण प्रतिष्ठानका "जुङ " सामाग्रीहरू ।
७]- स्वर्गीय श्रीमान छोङ कर्मा शेर्पाको सम्झनामा फुर्बा डोमा शेर्पा [तेन्जी आमा] हाल खिजी देम्बा -५ बाट १११,१११/- एक लाख एघार हजार एक सय एघार ।
८]- लाक्पा गेल्बु शेर्पा खिजी देम्बा - ६ हाल खिजी फलाटे बजार टोल बाट १०१,१११/- एक लाख एक हजार एक सय एघार रूपैंया बराबरको ८ ट्रयाक्टर बालुवा ।
९]-रबिन्द्र घिसिङ तामाङ खिजी देम्बा - ५ दोवाटे भञ्ज्याङ बाट १०१,१११/- एक लाख एक हजार एक सय एघार रूपैंया बराबरको ८ ट्रयाक्टर बालुवा ।
१०]- कुसाङ शेर्पा खिजी देम्बा - ६ भित्ते हाल खिजी फलाटे बजार बाट १०७,०००/- एक लाख सात हजार बराबरको १०५ बोरा सिमेन्ट ।
११]- खिजी देम्बा गाउँ पालिका वार्डनं-५ का वार्ड अध्यक्ष राम कुमार सुनुवारबाट १०१,१११/- एक लाख एक हजार एक सय एघार नगद राशी ।
१२]- कमल कृष्ण घिसिङ तामाङ खिजी देम्बा - ५ बजार टोल बाट १०१,१११/- एक लाख एक हजार एक सय एघार नगद राशी ।
१३]- सुब्बा बहादुर पाख्रिन तामाङ खिजी देम्बा ५ बसन्ते टोलबाट १०१,१११/- एक लाख एक हजार एक सय एघार नगद राशी ।
१४]- निम दावा शेर्पा छ्योक्पा आपा खिजी देम्बा-६ भित्ते हाल खिजी फलाटे बजार टोलबाट ५१,१५५/- एकाउन्न हजार एक सय पच्पन्न नगद राशी र १० दिन श्रमदान ।
१५]- खिजी देम्बा-५ का वार्ड सदस्य सिङ्ग बहादुर पाख्रिन तामाङ बाट ५१,१५५/- एकाउन्न हजार एक सय पच्पन्न नगद राशी ।
१५]- स्वर्गीय पिता निमा घिसिङ र माता बिजी गोलेको सम्झनामा काइँला छोरा चित्र बहादुर घिसिङ तामाङ तथा बुहारी बिफा पाख्रिन तामाङ खिजी देम्बा -५ पञ्च बुद्ध टोल बाट ५१,१५५/- एकाउन्न हजार एक सय पच्पन्न नगद राशी ।
१६]- राज कुमार घिसिङ तामाङ खिजी देम्बा - ५ पञ्च बुद्ध टोल बाट ५१,१५५/- एकाउन्न हजार एक सय नगद राशी ।
१७]- धन बहादुर बोमजन तामाङ खिजी देम्बा-५ सुन्दर टोल बाट ५५,५५५/- पच्पन्न हजार पाँच सय पच्पन्न नगद राशी ।
१८]-लालमान घिसिङ तामाङ खिजी देम्बा-५ पञ्च बुद्ध टोल बाट ५१,१५५/- एकाउन्न हजार एक सय पच्पन्न नगद राशी ।
१९]-याम बहादुर बोमजन + मिना पाख्रिन तामाङ खिजी देम्बा - ६ थारे हाल खिजी देम्बा-५ पञ्च बुद्ध टोल बाट ५१,१५५/- एकाउन्न हजार एक सय पच्पन्न नगद राशी ।
२०]-मोहन सिङ बोमजन तामाङ खिजी देम्बा-५ सुन्दर टोल बाट ५०,१५५/- पचास हजार एक सय पच्पन्न नगद राशी ।
२१]- दल बहादुर बल तामाङ खिजी देम्बा-५ पञ्च बुद्ध टोल बाट २५,५५५/- पच्चीस हजार पाँच सय पच्पन्न नगद राशी ।
२२]- प्रेम कुमारी पाख्रिन तामाङ खिजी देम्बा-६ हाल खिजीफलाटे बजार टोलबाट,२५,५५५/- पच्चीस हजार पाँच सय पच्पन्न नगद राशी ।
२३]- स्वर्गीय पिता निमा घिसिङ र माता बिजी गोलेको सम्झनामा साहिंला छोरा पन्चे तामाङ र साहिंली बुहारी सन्त माया बल तामाङ खिजी देम्बा-५ पञ्च बुद्ध टोल बाट २५,१५५/- पच्चीस हजार एक सय पच्पन्न नगद राशी ।
२४/- सम्झना पाख्रिन तामाङ हाल खिजी फलाटे बजार बाट २५,१५५/- पच्चीस हजार एक सय पच्पन्न नगद राशी ।
२५]- आङदावा शेर्पा आनन्द होटेल २५,०५०/- पच्चीस हजार पचास नगद राशी र १० दिन श्रमदान ।
२६]- साङगे शेर्पा गोन्खान्दीङ च्याङदेर छ्योलिङ गुम्बाका लामा गुरू हाल काठमाडौंबाट २५,०००/- पच्चीस हजार रूपैयाँ नगद राशी ।
२७]- निरा घिसिङ तामाङ बर्दीबास महोत्तरीबाट २१,१५५/- एक्काईस हजार एक सय पच्पन्न नगद राशी र जिन्सी एक ट्रक इट्टा ।
२८]- फुरी शेर्पा खिजी देम्बा - खुन्दुर्के हाल न्यू थोले देम्बा होटेल खिजी फलाटे बजार टोलबाट १५,५५५/- पन्ध्र हजार पाँच सय पच्पन्न र २५ दिन श्रमदान ।
२९]- ङवाङ शेर्पा खिजी देम्बा-९ हाल गौरी शंकर होटेल खिजी फलाटे बजार टोलबाट १५,५५५/- पन्ध्र हजार पाँच सय पच्पन्न र १५ दिन श्रमदान ।
३०]- लाल बहादुर पाख्रिन तामाङ B खिजी देम्बा-५ ढाँडखर्क टोलबाट १५,५५५/ पन्ध्र हजार पाँच सय पच्पन्न नगद राशी र १० दिन श्रमदान ।
३१]- इन्द्र बहादुर पाख्रिन तामाङ खिजी देम्बा-५ ढाँडखर्क टोलबाट १५,५५५/- पन्ध्र हजार पाँच सय पच्पन्न नगद राशी र पन्ध्र दिन श्रमदान ।
३२]- भोज बहादुर गुरूङ खिजी देम्बा-खुलु बाट १५,५५५/- पन्ध्र हजार पाँच सय पच्पन्न नगद राशी ।
३३]- अगम बहादुर बोमजन तामाङ खिजी देम्बा ६ दुब्ले हाल खिजी फलाटे बजार टोलबाट १५,१०५/- पन्ध्र हजार एक सय पाँच नगद राशी ।
३४]- सक्खरजित पाख्रिन तामाङ खिजी देम्बा -५ टोड्के टोल बाट १५,१५५/- पन्ध्र हजार एक सय पच्पन्न नगद राशी र आवश्यकता अनुसार ढुङ्गा खानी ।
३५]- बिर बहादुर थिङ तामाङ खिजी देम्बा-५ खुलु हाल खिजी देम्बा-२ टिमुरबोट बाट १५,५५५/- पन्ध्र हजार एक सय पच्पन्न नगद राशी ।
३६]- दावा शेर्पा खिजी देम्बा-५ चुप्लु भञ्ज्याङ बाट जिन्सी १० बोरा सिमेन्ट ।
३७]-- ल्हमु शेर्पा खिजी देम्बा-३ सुनकोती बाट ५,५५५/- पाँच हजार पाँच सय पच्पन्न नगद राशी ।
३८]- कुसाङ शेर्पा खिजी देम्बा-५ बैशाके टोल बाट ५,५५०/- पाँच हजार पाँच सय पचास र ५ दिन श्रमदान ।
३९]- प्रेम कुमारी बोमजन तामाङ खिजी देम्बा-५ बसन्ते टोल बाट ५,५१५/- पाँच हजार पाँच सय पन्ध्र ।
४०]- दाटी शेर्पा खिजी देम्बा-५ बैशाके टोल बाट ५,५००/- पाँच हजार पाँच सय नगद राशी ।
४१ ]- तेज कुमार तामाङ खिजी देम्बा -५ ढाँडखर्क टोल बाट ५,०००/- पाँच हजार र १५ दिन श्रमदान ।
४२]- किपा ङिमा शेर्पा खिजी देम्बा -५ बैशाके टोल बाट ५,०००/- पाँच हजार र १० ट्रयाक्टर ढुङ्गाको लागि ढुङ्गा खानी ।
४३]- धन बहादुर बोमजन तामाङ खिजी देम्बा-५ बर्खे टोल बाट २,५५०/- दुई हजार पाँच सय पचास नगद राशी ।
४४]- ड्राईभर पाशाङ शेर्पा बैशाके टोल बाट १,५१५/- एक हजार
पाँच सय पन्ध्र नगद राशी ।
बिबिध सहयोग:
१ ]- राम बहादुर ख्युङबा तामाङ हाल खिजी फलाटे बजार टोलबाट बोधी चैत्य तथा गुम्बा निर्माण स्थल सम्म लाग्ने सम्पूर्ण ढुङ्गा ढुवानी खर्चको बन्दोबस्त मिलाउने ।
२]- राम बहादुर पाख्रिन तामाङ-खिजी देम्बा-५ पञ्च बुद्ध टोल बाट बोधी चैत्य र गुम्बा निर्माणमा लाग्ने सम्पूर्ण काठपातको चिरानी गर्न आवश्यक बन्दोबस्त मिलाउने ।
३]-बिर बहादुर सुनुवार खिजी देम्बा-५ खिजी फलाटे बजार टोल बाट ३० दिन श्रमदान ।
४]-लाल बहादुर थिङ तामाङ खिजी देम्बा-५ खुलु टोल बाट १ वटा खाने पानीको धारा निर्माणमा लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने ।
५]-छत्र बहादुर बस्नेत खिजी देम्बा -८ भुसिङ्गा बाट ११ दिन श्रमदान गर्ने ।
६]- बिनोद ढकाल मोलुङ-१ कुन्तादेवी बाट १०,०००/- दश हजार बराबरको श्रमदान ।
पुनश्च: खिजी देम्बा गाउँपालिकाको वार्डनं ५ को पञ्च बुद्ध टोलमा निर्माणाधिन अवश्थामा रहेको बोधी चैत्य र गुम्बा निर्माण गर्ने लक्ष्यका साथमा अघि बढीरहेको बोधी चैत्य र ङिङमा छ्योखोरलिङ गुम्बाको निर्माण कार्य समिति सङ्ग हजुरहरूले पनि हाते मालो गर्न सक्नु हुनेछ !
बिस्तृत सम्पर्कको लागि; कमल कृष्ण घिसिङ तामाङ सम्पर्क मोबाईल नंबर-९८४३६१२४७४
उपाध्यक्ष: सरिस्मा बोमजन तामाङ सम्पर्क मोबाईल नंबर: ९८४९४७८६९७
कोषाध्यक्ष: लाक्पा गेल्बु शेर्पा सम्पर्क मोबाईल नंबर ९८६९५७७४०१
महासचिव: इन्द्र घिसिङ तामाङ सम्पर्क मोबाईल नंबर: ९८४२५७५७६३
सचिव: लालमान घिसिङ तामाङ सम्पर्क मोबाईल नंबर ९८४२९७२३८०


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top