ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

विप्लवले जनकार्वाही गर्नेः सहिद सप्ताह शुरु

  • प्रकाशित मिति: १५-फाल्गुण-२०७९ १०:४५
  • रेडियो ओखलढुंगा
विप्लवले जनकार्वाही गर्नेः सहिद सप्ताह शुरु

ओखलढुंगा (रेडियो ओखलढुंगा) । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चर्को मिटर व्याज, लघुवित्त विरुद्ध संघर्ष गर्ने भएको छ । पार्टीको आइतबार ओखलढुंगा सदरमुकाममा वसेको वैठकले महंगी, भ्रष्टाचार लगायतका विरुद्धमा समेत संघर्षको कार्यक्रम घोषणा गरेको हो । पार्टी केन्द्रको निर्देशन अनुसार एमसिसि विरुद्धमा विभिन्न चरणबद्ध आन्दोलन सञ्चालन गर्ने पार्टी जिल्ला इन्चार्ज लक्ष्मण सिले जानकारी दिनुभयो । उक्त पार्टीले मिटरव्याजको कारोवारी, लघुवित्त वित्तीय संस्थाका सञ्चालकलाई सचेत गराउने र अटेर गरे उनकै शब्दमा ‘जनकार्वाही’ समेत गर्ने चेतावनी दिएको छ । पार्टीलाई उत्पादनसँग जोड्ने, सहिद परिवारका सदस्यहरुको जीविकोपार्जनमा सहयोग गर्दै उनीहरुको घर तथा आवासको व्यवस्थापन गर्ने कार्यक्रम अघि सारिएको जिल्ला इन्चार्ज लक्ष्मणको भनाइ छ । त्यस्तै, सार्वजनिक स्थलहरुमा प्रतिक्षालय निर्माण गर्ने, जनजिविकाको सवालमा कार्यकर्ताहरुले सहयोग गर्ने लगायतको निर्णय गरेको जनाइएको छ । पार्टीले जिल्ला सेक्रेटरीमा भोजबहादुर सीलाई मनोनयन गर्ने निर्णय गरेको छ । जिल्ला कमिटिको आज सदरमुकाममा सम्पन्न बैठकले भोजबहादुरलाई सेक्रेटरीमा मनोनयन गर्ने निर्णय गरेको हो । त्यस्तै, कार्यालय सचिवमा युवन सीलाई जिम्मेवारी दिने निर्णय भएको जिल्ला इन्चार्ज लक्ष्मण सिले जनाएको छ । पार्टी केन्द्रको निर्णय अनुसार मानिसको जात नहुने सबै अन्तराष्र्टिय जातीको रुपमा परिभाषित गर्दै लाने नीति अनुसार जातको उल्लेख गर्नुको सट्टा सि लेख्ने निर्णय गरेको रमेशले रेडियो ओखलढुंगालाई जानकारी दिनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top