६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

गुम्बालाई निःशुल्क जग्गा प्राप्त



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगाको चिसंखुगढी–४ पिसिङदिङ्मास्थित मेन्दोक छोलिङ गुम्बालाई स्थानीय एक युवाले निःशुल्क जग्गा प्रदान गरेको छ । गुम्वालाई स्थानीय ङाङ फुरी शेर्पाले ४ रोपनी जग्गा निः शुल्क प्रदान गर्नुभएको हो ।
यसअघि २ रोपनी क्षेत्रफलमा बनेको गुम्बालाई शेर्पा परिवारले १ रोपनी जग्गा निः शुल्क दिई गुम्वा निर्माण भएकोमा थप संरचना निर्माणका लागि जग्गा प्रदान गरिएको जग्गादाता शेर्पाले जानकारी दिनुभयो ।
गुम्वा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका शेर्पाले तत्कालै जग्गालाई नियमानुसार रजिष्ट्रेशन पारित गरी दिने समेत घोषणा गर्नुभएको छ । गुम्वा उद्घाटनको अवसर शेर्पाले आफ्ना स्वर्गीय बुबाको नाममा गुम्बालाई जग्गा दान गर्ने घोषणा गर्नुभएको स्थानीय पासाङ किपा शेर्पाले जानकारी दिनुभयो । यससँगै गुम्बाको भौतिक संरचना ६ रोपनी क्षेत्रमा विस्तार हुने शेर्पाको भनाइ छ । २०७० सालमा निर्माण भएको गुम्बा शनिबार एक समारोहकावीच प्रतिनिधीसभा सदस्य रामहरि खतिवडाले उद्घाटन गर्नुभएको थियो ।

प्रकाशित मिति : १५ फाल्गुन २०७९, सोमबार  १० : ५२ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित