ब्रेकिङ न्युज

पहिरोमा परि एक युवा घाइते   |  सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  

Single Image

खिजीदेम्बा अल्ट्रा फुल म्याराथन पुरुषतर्फको उपाधी सोलखुम्बुका सुमनलाई

  • प्रकाशित मिति: १८-फाल्गुण-२०७९ ६:१४
  • रेडियो ओखलढुंगा
खिजीदेम्बा अल्ट्रा फुल म्याराथन पुरुषतर्फको उपाधी सोलखुम्बुका सुमनलाई

ओखलढुंगा (रेडियो ओखलढुंगा) । चौथो खिजीदेम्बा अल्ट्रा फुल म्याराथन ४२ किलोमिटर दौड प्रतियोगीता पुरुषतर्फको उपाधी सोलखुम्बुका सुमन कुलुङले जितेका छन् । उनी ३ घण्टा ४९ मिनेटमा पार गर्दै पहिलो भएका हुन् । त्यस्तै भोजपुरका तिर्थ तामाङ द्धितिय भएका छन् । उनी ३ घण्टा ५० मिनेटमा आइपुगेका हुन् । त्यसैगरी सोलुखुम्बुका अर्जुन कुलुङ तृतीय भएका छन् । उनले ३ घण्टा ५५ मिनेटमा पार गरेका छन् । बैतडीका मोहनदेव जोशी सान्त्वना भएका छन् । उनी ४ घण्टा १८ मिनेटमा आईपुगेका हुन् । No description available. विहान ७ बजेबाट सुरु भएको प्रतियोगीता खिजिदेम्बा गाउँपालिका वडा नं. ५ खिजिफलाटे बजारबाट सुरु भएर चुप्लुङ भञ्ज्याङ, थोलेदेम्बा, ताक्लुङ, लामुजे, बुलबुले, फाक्से, खुन्दुर्के, दोराखार्क, ताउर, चुप्लुङ भञ्ज्याङ, दोब्रे भञ्ज्याङ हुँदै खिजिफलाटे बजार आएर सकिन्छ । ओखलढुंगा टुरिजम डेभलोपमेन्ट कमिटीको आयोजना तथा खिजिदेम्बा गाउँपालिकाको सह–आयोजनामा भैरहेको अल्ट्रा फुल म्याराथन ४२ किलोमिटर दौड प्रतियोगीतामा महिला र स्थानीय धावकहरुको प्रतिष्पपर्धा जारी छ । प्रतियोगीतामा पुरुषतर्फ ४० जना धावकहरु सहभागाी छन् ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top