ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिकाले आर्थिक ऐन संशोधन गरेको छ । राजस्वका दरहरु परिमार्जन गर्न आर्थिक ऐन संशोधन गरेको हो । १३ औं गाउँसभाले पारित गरेको राजस्वका दर अनुसार यसअघि च्याउजन्य जडिबुटीमा ३ रुपैँयारहेकोमा बृद्धिगरी दोब्बर बनाइएको छ । त्यस्तै चिराइतो प्रतिकेजी ५० पैसाँबाट १ रुपैयाँ, लोठ सल्लाको पात १ रुपैयाँबाट ६ रुपैयाँ र प्लाष्टिक, कागज आदिमा प्रति केजी २ रुपैयाँबाट घटाएर ५० पैसा कायम गरिएको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो । त्यस्तै, आलु निकासी प्रतिकेजी १ रुपैयाँ, खसीवोका प्रतिगोटा ५० रुपैयाँ, सेतो सिमी प्रतिकेजी ३ रुपैयाँ, कवाडी फलाम प्रतिकेजी २ रुपैयाँ राजस्व दररेट कायम गरेको छ । ८ वटा राजस्व शिर्षक थप गरिएकोमा कवाली तमसुक प्रमाणिकरण २ सय रुपैयाँ, ढुंगा, बालुवा तथा नदिजन्य वस्तु निकासी प्रतिट्याक्टर ५ सय रुपैयाँ, संस्था तथा व्यवसाय दर्ता, नविकरण, सूचिकरण गर्न ५ सय रुपैयाँ कायम गरिएको अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । त्यस्तै, सवारी साधनमा लाग्ने करको दरमा पनि परिवर्तन गरेको छ । सवारी साधनको बार्षिक र पटके करको दर भने घटाइएको संशोधन विधेयकमा उल्लेख छ । त्यस्तै, आवसीय विद्यालय, मण्टेश्वरी, ट्यूशन सेन्टर, ड्राइभिङ सेन्टरमा लाग्ने शुल्कपनि ५० प्रतिशतले घटाउने निर्णय गरेको अध्यक्ष शेर्पाको भनाइ छ ।
कमेन्ट गर्नुहोस
Comment Section