ब्रेकिङ न्युज

पहिरोमा परि एक युवा घाइते   |  सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  

Single Image

चिसंखुगढीलाई चम्पादेवी अध्यक्षकपको उपाधी

  • प्रकाशित मिति: २३-फाल्गुण-२०७९ १:५३
  • रेडियो ओखलढुंगा
चिसंखुगढीलाई चम्पादेवी अध्यक्षकपको उपाधी

ओखलढुंगा (रेडियो ओखलढुंगा) । चम्पादेवी गाउँपालिकामा अध्यक्षकप खेलकुद प्रतियोगीता सोमबार सम्पन भएको छ । प्रदेश नं. १ कै उच्च स्थानमा रहेका वडा नं ९ दलि डाँडास्थित खेलमैदानमा प्रतियोगीतामा भलिबलतर्फ प्रथम चिसंखुगढीले उपाधी हात परोको छ । प्रतियोगितामा द्धित्तीय चम्पादेवी गाउँपालिका आयोजक ‘ए’ टिम, तृतीय गोकुलगंगा गाउँपालिका रामेछाप, सन्त्वना लिखु गाउँपालिका ‘ए’ टिमले स्थान हासिल गरेको हो । भलिबलतर्फ प्रथम, द्धितिय, तृतीय र सान्त्वना हुने समूहलाई क्रमशः २ लाख, १ लाख ५० हजार, १ लाख र ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । त्यस्तै, गोरु जुधाई प्रतियोगिता चम्पादेवी गाउँपालिका–८ का बलबहादुर राईको गोरु प्रथम, वडा नम्बर–९ का दिपक खड्काको गोरु दोस्रो र वडा नं. ९ कै छेपाल शेर्पाको गोरु तेस्रो भएको छ । प्रथम, द्धितीय र तृत्तीय स्थान हासिल गर्ने गोरुका धनीहरुलाइ नगद रु ३० हजार, २० हजार र १० हजार नगदका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । स्थानीय रैथाने खेलहरु घोडादौड, तानडोरी, महिलारुको लागि म्युजिकल चेयर, घैटोफोर, ज्यावलिङ थ्रो, जीवन सङ्गिनी बोकेर कुद्ने, दोहोरी प्रतियोगीता, बोको झिक्ने लगायतको खेलहरु सम्पन्न भएको छ । त्यस्तै अन्य स्थानीय प्रतियोगीतातर्फ पनि नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेको छ । प्रतियोगीता फागुन १८ गतेबाट सुरु भएको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top