ब्रेकिङ न्युज

पहिरोमा परि एक युवा घाइते   |  सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  

Single Image

ओखलढुंगामा नारी दिवस मनाउने तयारी

  • प्रकाशित मिति: २४-फाल्गुण-२०७९ २:०४
  • रेडियो ओखलढुंगा
ओखलढुंगामा नारी दिवस मनाउने तयारी

ओखलढुंगा (रेडियो ओखलढुंगा) । १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस ओखलढुंगामा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । स्थानीय तहको महिला, वालवालिका तथा समाजकल्याण शाखाले विभिन्न कार्यक्रम आयोजना गर्ने भएको हो । त्यस्तै, जिल्लामा क्रियाशिल आमा समूह, महिला स्वयम्सेविका, महिलावादी संघसंस्थाहरुले पनि र्याली, दोहोरी गायन, नृत्य, वतृत्वकला प्रतियोगिता प्रतियोगिता आयोजना गरेर दिवस मनाउने तयारी गरेको जनाइएको छ । नारी दिवसको अवसरमा सिद्धिचरण नगरपालिका र सहयोगी हातहरुको समूह सहास नेपालको सहयोगमा सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेको वडा कार्यालयमा विविध कार्यक्रम हुने भएको छ । उन्नतशील महिला बहुउद्देश्यीय सहकारी संस्था, नमुना स्वास्थ्य आमा समूह सञ्जालले कार्यक्रम आयोजना गर्न लागेको सचिव कोविला वाग्लेले जानकारी दिनुभयो । सन् १९१० मा भएको महिलावादी आन्दोलनपछि मार्च ८ मा नारी दिवस मनाउदै आएको छ । सन् १९०८ मा अमेरिकामा १५ हजार महिलाले आफूहरुमाथि भएको असमानता हटाउनुपर्ने, काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिलाउनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित र्याली गरेसँगै नारी दिवसको शुरुवात भएको हो । यस बर्ष दिवसको अन्तर्राष्ट्रिय नारा ‘समान हिस्सेदारीको आत्मसाथ’ भन्ने तय भएको छ । नेपालमा भने ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top