ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

वर्णालुमा सम्पन्न फुटबल प्रतियोगीताको उपाधी रुम्जाटारलाई

  • प्रकाशित मिति: २५-फाल्गुण-२०७९ २:०२
  • रेडियो ओखलढुंगा
वर्णालुमा सम्पन्न फुटबल प्रतियोगीताको उपाधी रुम्जाटारलाई

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका ५ वर्णालुमा सम्पन्न सेभेन ए साईड खुल्ला फुटबल प्रतियोगीताको उपाधी वडा नं. ४ को जाल्पा समाज रुम्जाटारले जितेको छ । आज विहिबार भएको फाईनल खेलमा वडा नं. ९, ज्यामिरे फुटबल क्लबलाई २–१ को गोल अन्तरले हराउँदै जाल्पा समाज रुम्जाटारले उपाधी जितेको हो । उपाधी जितेसँगै रुम्जाटारले नगद रु ३० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै फाईनलमा हार ब्यहोरेसँगै ज्यामिरे दोस्रो भएको छ । ज्यामिरेले २० हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । No description available. त्यस्तै वडा नं. ३ स्थित साईनिङ स्टार अँधेरीलाई १–० गोल अन्तरले हराउँदै आयोजक प्रगतीशिल युवा क्लब वर्णालु तेस्रो भएको छ । आयोजकले रु.१० हजारको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । No description available. व्यक्तिगततर्फ खेलाडीहरु हाईस्कोरर गमानसिंह राई, बेस्ट गोलकिपर धु्रव पोखरेल, बेस्ट डिफेन्डर युवराज गुरुङ र बेस्ट प्लेयर टार्जन राई बनेका छन् । उनीहरुलाई मेडल विरतरण गरिएको खेल संयोजक बसन्त राईले जानकारी दिनुभयो । वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी डिल्लिशेर राईले कार्यक्रम समापनको क्रममा बोल्दै विजेता खेलाडीहरुलाई बधाई ज्ञापन सहित पराजीत खेलाडीहरुलाई प्रयासरत रहन अनुरोध गर्नुभएको छ । प्रगतीशिल युवा क्लव वर्णालुको आयोजनामा स्थानीय खेलमैदानमा सम्पन्न प्रतियोगीता फागुन २२ गतेबाट सुरु भएको थियो । खेलमा १८ समूह सहभागी थिए । No description available.


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top