ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका ९ नं. वडा कार्यालय ज्यामिरेले, ज्यामिरे युवा क्लबका खेलाडीहरुलाई सम्मान गरेको छ । प्रगतीशिल युवा क्लव वर्णालुको आयोजनामा विहिबार सिद्धिचरण नगरपालिका वडा नं. ५, वर्णालुमा सम्पन्न खुल्ला फुटबल प्रतियोगीतामा सहभागी भई ज्यामिरेले द्धितिय स्थान प्राप्त गरेसँगै वडा कार्यालयले आज शुक्रबार सम्मान गरेको हो ।
खेलाडीहरुको हौसलाको लागि रु.१० हजार नगद सहित सहभागी खेलाडीहरुलाई सम्मान गरेको वडा अध्यक्ष गुणबहादुर खड्का विवेकले जानकारी दिनुभयो ।
खेलमा, खेलाडीहरुले द्धितिय स्थान प्राप्त गर्दै रु.२० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र जितेका थिए ।
कमेन्ट गर्नुहोस
Comment Section