ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

खिजीदेम्बाः राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता चैत्र १२ बाट

  • प्रकाशित मिति: २७-फाल्गुण-२०७९ ४:५२
  • रेडियो ओखलढुंगा
खिजीदेम्बाः राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता चैत्र १२ बाट

ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका ओखलढुंगाले चैत्र १२ गतेबाट राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गर्ने भएको छ । पालिकाले चैत्र १२ देखि १४ गतेसम्म अन्तर मावि स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गर्ने भएको हो । प्रतियोगीतामा दौड, भलिबल, ज्याबलिङ थ्रो, हाईजम्प, शटफुट र लङजम्प खेलहरु समावेश गरिएको गाउँपालिका निमित्त शिक्षा शाखा प्रमुख बुद्धिराज मुलिचाले जानकारी दिनुभयो । दौडतर्फ ३ ओटा ईभेन्ट समावेश गरिएको जनाएको छ । खेलमा सहभागी हुन ईच्छुक पालिकाभित्रका सामुदायीक विद्यालहरुले चैत्र ११ गतसम्मे खेलाडी दर्ता गराउन पालिकाले अनुरोध गरेको छ । मावि तहमा अध्ययनरत विद्यार्थीहरुको सहभागीतामा सञ्चालन गरिने रनिङ्ग शिल्ड प्रतियोगीता जिल्लामा यसभन्दा अघि चम्पादेवी, मानेभन्ज्याङ, मोलुङ र सिद्धिचरण नगरपालिका र सुनकोशी गाउँपालिकाले सम्पन्न गरिसकेको छ । सबै पालिकाले प्रतियोगीता सम्पन्न गरे पश्चात चैत्र मसान्तभित्र जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गर्ने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top