ओखलढुंगा (रेडियो ओखलढुंगा) । रुम्जाटारबाट काठमाडौंका लागि छुटेको वस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । विपरित दिशाबाट आएको बसलाई ठाउँ दिनेक्रममा भित्तामा ठोक्कीएर बस दुर्घटना भएको हो । सिन्धुलीको फिक्कल ४ कुहीभीर भन्ने ठाउँमा वस दुर्घटना भएको खबर आएपनि विस्तृत विवरण आइ नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी देवेन्द्र दाशले जानकारी दिनुभयो । घटनाको सूचना प्राप्त हुन साथ खुर्कोट र सिन्धुलीबाट प्रहरी टोली परिचालन गरिएको छ । घटनाबारे सार्वजनिक तस्वीरमा बसमा च्यपिएको शवहरु देख्न सकिन्छ । थप जानकारी आउन बाँकी छ । तस्वीर श्रोतः अर्चना लुइटेलको फेसबुकबाट साभार गरिएको हो ।
कमेन्ट गर्नुहोस
Comment Section