ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका ६ जन्तरखानी स्थित जलदेवी युवा क्लबको रजत जयन्तीको अवसरमा सम्पन्न भलिबल प्रतियोगीताको उपाधी ईन्द्रावती मैदाने सेवा समाज बि समूहले जितेको छ । आज आईतबार भएको फाईनल खेलमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई हराउँदै मैदानेले उपाधी जितेको हो ।
उपाधी जितेसँगै मैदानेले नगद रु. ५० हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसैगरी फाईनलमा हार ब्यहोरेसँगै जिल्ला प्रहरी कार्यालय ओखलढुंगा दोस्रो स्थानमा सिमित भएको छ । उसले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै ईन्द्रावती मैदाने सेवा समाज ए समूह तेस्रो भएको छ भने बाख्रे युवा क्लवले सान्त्वना स्थान प्राप्त गरेको आयोजक क्लबका सल्लाहकार रामकृष्ण मगरले जानकारी दिनुभयो । तेस्रो र सान्त्वना हुने समूहले क्रमश २० र १० हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगीतामा १० समुहले सहभागीता रहेको थियो । फागुन २५ गतेबाट सुरु भएको भलिबल प्रतियोगीता सम्पन्न भएसँगै अन्य प्रतियोगीता ( म्याराथन, दन्त शिविर र सांस्कृतिक) कार्यक्रम समेत सम्पन्न भएको आयोजकले जनाएको छ ।
शनिबार सम्पन्न १० किलोमिटर जन्तरधाप म्याराथन प्रतियोगितामा पुरुषतर्फ रविन बस्नेत र महिलातर्फ दिकु शेर्पा विजेता बनेका छन् । पुरुषतर्फ जंगवीर राई दोस्रो, सुसन श्रेष्ठ तेस्रो र शुरेश कुलुङ सान्त्वना भए भने महिलातर्फ प्रवीना राई दोस्रो, रुमाली मगर तेस्रो र इन्दिरा मगर सान्त्वना भएका छन् ।
विजेताहरुलाई क्रमशः पुरुषतर्फ नगद १५, १०, ७ र ५ हजार, महिलातर्फ नगद ५, ३, २ र १ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको जनाएको छ ।
नेपाल पर्यटन बोर्डको सहयोग रहेको उक्त म्याराथनमा २ सय जनाले सहभागीता लिएका थिए । ओम समाज डेण्टल हस्पिटलको आयोजनामा सञ्चालित निःशुल्क दन्त शिविरमा २ सय ५० भन्दा बढीले सेवा लिएका थिए ।
कमेन्ट गर्नुहोस
Comment Section