ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

एन्टोको महासचिवमा खतिवडा

  • प्रकाशित मिति: ०२-चैत्र-२०७९ १०:१९
  • रेडियो ओखलढुंगा
एन्टोको महासचिवमा खतिवडा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । एकिकृत अखिल नेपाल शिक्षक संगठनको महासचिवमा ओखलढुंगाबाट कुलप्रसाद खतिवडा चयन हुनुभएको छ । बरुणेश्वर मावि रामपुरका प्रधानाध्यापक खतिवडा सर्वसम्मत महासचिवमा चयन हुनु भएको हो । यसअघि खतिवडा कोषाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । संगठनको अध्यक्षमा भने शंकर अधिकारी चयन हुनुभएको संगठनले जनाएको छ । माओवादी केन्द्र निकट शिक्षकहरुको छैटौं महाधिवेशनले २१ पदाधिकारी बनाएको छ । वरिष्ठ उपाध्यक्षमा मानबहादुर पाण्डेसहित ९ जना उपाध्यक्ष बनाएको रहनुभएको छ । त्यस्तै, उपमहासचिव र सचिव ५÷५ जनालाई बनाएको छ । अर्थ उपमहासचिव गणेश रिजाल हुनुहुन्छ । त्यस्तै, ओखलढुंगाबाट शिवदूती मावि प्राप्चाका प्रअ रामकुमार ढकाल लगायत केन्द्रीय सदस्यमा चयन हुनुभएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top