१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

चालु आर्थिक वर्षमा मानेभन्ज्याङको २९ प्रतिशत खर्च



ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिका, ओखलढुंगाले चालू आर्थिक बर्षमा २९ प्रतिशत बजेट खर्च गरेको छ । गत आर्थिक बर्षको यस अवधीमा जम्मा २४ प्रतिशत खर्च भएकोमा यस बर्ष ५ प्रतिशतले खर्चबृद्धि गर्न सफल भएको हो ।
कूल ५० करोड १५ लाख ६७ हजार ८ सय ३० रुपैयाँ बजेटमा १४ करोड ६४ लाख ३० हजार ५ सय ९ रुपैयाँ खर्च भएको उपाध्यक्ष आश्राचन राईद्धारा १२ औं गाउँसभामा प्रस्तुत अर्धबार्षिक बजेट, आम्दानी र खर्च प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिकाको ३५ करोड २३ लाख ८१ हजार चालूतर्फको बजेटमा भने ३५ प्रतिशतले खर्च भएको छ । यो भनेको १२ करोड २० लाख २ हजार हो । गत आर्थिक बर्षको यस अवधीमा ३२ प्रतिशत मात्रै चालू खर्च गर्न सकेको प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै, कुल पूजिँगत बजेट १५ करोड ६१ लाख १८ हजार ८ सय ३० मध्ये १६ प्रतिशत खर्च भएको छ । गत आर्थिक बर्षको यस अवधीममा जम्मा १४ प्रतिशतले मात्रै खर्च भएको थियो ।
त्यस्तै, चालू ६ महिनाको अवधीमा आर्थिक विकासतर्फ १५ प्रतिशत, समाजिक विकासतर्फ ३३ प्रतिशत, पूर्वाधार विकास तर्फ २८ प्रतिशत बजेट खर्च भएको छ । त्यस्तै, सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रमा ११ प्रतिशत, कार्यालय सञ्चालन, प्रशासनीय क्षेत्रमा विनियोजित बजेटको २६ प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  १० : २५ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित