ब्रेकिङ न्युज

सार्वजनिक सवारीसाधन अनिवार्य बसपार्कमा प्रवेश गराउनुपर्ने   |  मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर   |  फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण   |  किसानहरुलाई निःशुल्क बाख्राको पाठी   |  बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै   |  कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने   |  खिजीदेम्बा ९ मा नागरिक समाज गठनः सरोकारवालासँग अभिमूखिकरण   |  सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन   |  

Single Image

नागरिकप्रति उत्तरदायि भएर सेवा दिनुपर्छः उपाध्यक्ष राई

  • प्रकाशित मिति: ०२-चैत्र-२०७९ १:२७
  • रेडियो ओखलढुंगा
नागरिकप्रति उत्तरदायि भएर सेवा दिनुपर्छः उपाध्यक्ष राई

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्राचनले जनताको आवश्यकतालाई सर्वपरी ठानेर सेवा गर्नुपर्ने वताउनु भएको छ । नागरिक प्रति उत्तरदायि भएर काम गर्नु जनप्रतिनिधीहरुको कर्तव्य हुनेमा उपाध्यक्ष राईले जोड दिनुभएको हो । रेडियो ओखलढुंगासँग कुराकानी गर्नुहुँदै कांग्रेस क्षेत्रीय सभापति समेत रहनु भएका राईले नागरिकको हितमा राजनैतिक दल र नेतृत्वले काम गर्न नसकेकाले नै जनताले विकल्प खोजेको धारण राख्नु भयो । लोकतन्त्र, गणतन्त्र लगायत जति राम्रो व्यवस्था आएपनि नागरिकको अवस्थामा सुधार आउन नसकेको स्वीकार गर्दै उपाध्यक्ष राईले त्यही कारणले जनतामा नैरश्यकता बढेको दाबी गर्नु भयो । जनताले विकल्प खोजेकाले जनप्रतिनिधीहरुले समयसापेक्ष छिटो छरितो ढंगले नागरिकलाई सेवा दिनुपर्ने बताउनु हुँदै उपाध्यक्ष राईले सुशासन, नवितम् योजना र सेवासुविधान दिने खाले कार्यक्रम अघि सार्नुपर्ने आवश्यकता औल्याउनुभयो । अत्यन्त सजग र सचेत भएर जनताको सेवामा लाग्न आफूहरु प्रतिबद्ध भएको बताउनु हुँदै उपाध्यक्ष राईले नतिजामुखि कार्यक्रम अघि सारेको बताउनुभयो । वर्तमान राजनैतिक तरलताबाट आम नागरिक आजित भएकाले स्थानीय सरकार चलायमान र थप शसक्त बन्नुपर्ने उहाँको भनाई थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top