ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

शिक्षक संघको अध्यक्षमा अधिकारी चयन

  • प्रकाशित मिति: ०२-चैत्र-२०७९ १:५८
  • रेडियो ओखलढुंगा
शिक्षक संघको अध्यक्षमा अधिकारी चयन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । नेपाल शिक्षक संघको अध्यक्षमा रमेश कुमार अधिकारी चयन हुनु भएको छ । अधिकारीको नेतृत्वमा १७ सदस्यीय ओखलढुंगा जिल्ला कार्यसमिति गठन गरिएको हो । गठीत समितिको उपाध्यक्ष महिला बाला बानियाँ, खुल्लातर्फ तारानाथ पहाडी, सचिवमा ध्रुवकुमार खड्का, अर्थतर्फ विष्णुप्रसाद पराजुली रहनु भएको छ । त्यस्तै, सहसमिचवमा नवराज दाहाल, दोलाकुमारी काफ्ले, विष्णु रुपाचा, निर्मला शर्मासहित १७ सदस्य रहनु भएको संघका प्रदेश सदस्य महाजित राईले जानकारी दिनुभयो । अधिवेशनले प्रदेश प्रतिनिधीमा भगवती लामिछाने, पुनम खत्री, धनप्रसाद पुढाशैनी, मोहन कुमार कार्की, लालप्रसाद भट्टराई र तोयानाथ काफ्लेलाई पठाउने निर्णय गरेको छ । त्यस्तै, संघीय अधिवेशन प्रतिनिधीमा विष्णु अधिकारी, मिना कुमारी कटवाल, गोकर्ण बानिया, नारायण दाहाल, विजय उपाध्याय र बुद्धिकुमार मुलिचालाई चयन गरेको जनाइएको छ । फागुन २० र २१ सम्पन्न जिल्ला अधिवेशनले समिति चयन गरेपनि घोषणा हुन सकेको थिएन । अन्तरिक विवादका कारण कार्यसमितिको नाम गोप्य राखिएको थियो । अध्यक्षमा खिलराज श्रेष्ठले समेतको दाबी र पार्टी खेमाका कारण समितिको नाम सार्वजनिक गर्न ढिलाई भएको जनाइएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top