ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चैत्र २९ बाटः २ स्थानीय तह अझै अन्यौलमा

  • प्रकाशित मिति: ०३-चैत्र-२०७९ ३:३२
  • रेडियो ओखलढुंगा
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड चैत्र २९ बाटः २ स्थानीय तह अझै अन्यौलमा

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गर्ने मिति तय भएको छ । शुक्रबार बसेको बैठकको निर्णय अनुसार २०७९ चैत्र २९, ३० र २०८० बैशाख १ गते गर्ने भएको हो । एसईई परिक्षा दिने विद्यार्थीलाई मध्यनजर गर्दै जिल्ला स्तरीय प्रतियोगीता चैत्र मसान्त र बैशाख पहिलो दिन गर्न लागिएको जिल्ला खेलकुद विकास समिती ओखलढुंगाका कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिनुभयो । प्रतियोगीतामा जिल्लाको ८ ओटै स्थानीय तहमा सम्पन्न राष्ट्रपति रनिङ्ग शिल्डमा उत्कृष्ट भएका विद्यार्थीहरुलाई सहभागी गराईनेछ । यदी पहिलो भएको विद्यार्थी घाईते भएमा, समस्या परेमा वा उपस्थित हुन नसकेमा मात्र दोस्रो हुने विद्यार्थीलाई सहभागी गराईने जनाएको छ । जिल्ला स्तरीय रनिङ शिल्डको मिति तय हुँदै गर्दा जिल्लाको ३ पालिकामा भने प्रतियोगीता सञ्चालन हुन सकेको छैन । जसमा खिजीदेम्बा गाउँपालिकाले भने चैत्र १२ बाट प्रतियोगीता सञ्चालन गर्ने भनेर सूचना जारी गरिसकेको छ भने चिसङ्खुगढी र लिखु गाउँपालिका भने प्रतियोगीता सञ्चालन गर्ने÷नगर्ने अन्यौलमा छ । अन्य स्थानीय तहले भने फागुन दोस्रो हप्ता नै प्रतियोगीता सम्पन्न गरिसकेको छ । जिल्ला स्तरीय प्रतियोगीता सम्पन्न भएलगत्तै प्रदेश स्तरीय प्रतियोगीता सञ्चालन हुने बुझिएको छ । जिल्ला छनौटमा उत्कृष्ट भएका खेलाडीहरु मात्र प्रदेश प्रतियोगीतामा सहभागी हुन पाउने जिल्ला खेलकुद विकास समिती ओखलढुंगाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top