ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

मानेभन्ज्याङः वाम्बुले भाषाको पाठ्यपुस्तक तयारीका लागि बजेट विनियोजन

  • प्रकाशित मिति: ०३-चैत्र-२०७९ ३:५९
  • रेडियो ओखलढुंगा
मानेभन्ज्याङः वाम्बुले भाषाको पाठ्यपुस्तक तयारीका लागि बजेट विनियोजन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकाले वाम्बुले भाषाको स्थानीय पाठ्यपुस्तक तयारीका लागि वजेट विनियोजन गरेको छ । वाम्बुले जातिको बाहुल्य रहेको मानेभन्ज्याङमा पाठ्यपुस्तक तयारीका लागि १२ औं गाउँसभाले बजेट विनियोजन गरेको हो । विभिन्न विद्यालयमा वाम्बुले भाषा शिक्षण गराउने हेतुले चालू आर्थिक बर्षमा ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रममा समावेश गरी वाम्बुले लगायत विभिन्न मातृभाषा अध्ययपन गराउने पालिकाको नीति अनुरुप पहिलो चरणमा वाम्बुले भाषाको पाठ्यपुस्तक निर्माणका लागि बजेट विनियोजन गरेको अध्यक्ष रुम्दालीको भनाइ छ । बार्षिक रुपमा स्थानीय आवश्यकता, समुदायको वाहुल्यता, विद्यालयको माग अनुसार पाठ्यपुस्तक छपाई गरी विद्यालयहरुमा निःशुल्क वितरण गर्ने गाउँपालिका शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top