ओखलढुंगा (रेडियो ओखलढुंगा) । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन ओखलढुंगाको अध्यक्षमा ज्योति गुरुङ चयन हुनुभएको छ । ओखलढुंगामा सम्पन्न प्रथम जिल्ला अधिवेशनले गुरुङको नेतृत्वमा २१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सम्झना खत्री, सचिव नामू मैया गुरुङ, कोषाध्यक्ष कमला खत्री लगायत रहनुभएको जनाइएको छ । महामन्त्री राजेन्द्र गुरुङ, महिला संगठनका अधयक्ष अन्जना शाह रावल, केन्द्रीय सदस्य धनसुर शाही, महिला संगठनका उपाध्यक्ष संगीता शाह मल्ल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको अध्यक्ष पद्मकुमारी गुरुङले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस
Comment Section