१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

चिसंखुगढीमा वृहत शैक्षिक भेला शुरु



ओखलढुंगा (रेडियो ओखलढुंगा) । चिसंखुगढी गाउँपालिकामा वृहत शैक्षिक भेला शुरु भएको छ । सामुदायिक विद्यालयहरुको शैक्षिण गुणस्तर सुधार गर्ने हेतुले भेला आयोजना गरिएको हो ।
गाउँपालिकाको सभाहलमा जारी भेलामा सामुदायिक विद्यालयका शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधीहरुको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत लोकमणि खनालले जानकारी दिनुभयो ।
कार्यक्रममा शैक्षिक अवस्था सुधार गरी गुणस्तरलाई कसरी उठान सकिन्छ भन्ने सन्वन्धमा सामुहिक र समूहगत छलफल भइरहेको जनाइएको छ । सामुदायिक विद्यालयलाई सुधार र शिक्षा प्रणालीलाई थप व्यवस्थित र गुणस्तरीय बनाउन सरोकारवालासँगको परामर्श गरी निष्कर्षमा पुर्याउन भेला आयोजना गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १० : १९ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित