ब्रेकिङ न्युज

खिजीदेम्बाका विद्यालयमा निःशुल्क आँखा परिक्षण हुने   |  मोलुङ ७ पात्लेमा शेर्पाको अगुवाईमा गुम्बाका लागि सहयोग   |  सिद्धिचरण ११ को नयाँ भवनबाट सेवा प्रवाह सुरुः नगरप्रमुख खनालद्धारा उद्घाटन   |  खिजीदेम्बा ४ मा फागुन २७ देखि वज्रगुरु मन्त्र जप हुने   |  लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु : विद्यमान विकृति विरुद्ध अभियान सञ्चालन गर्ने   |  खिजीदेम्बाका खड्का लिए गैरआवासीय नेपाली नागरिकता   |  बोलेरो दुर्घटनामा परि गम्भिर घाईते खिजीदेम्बाका तामाङको ICU मा उपचार हुँदैःअवस्थामा सुधार   |  १२ औँ कर दिवसको अवसरमा ओखलढुंगा र सोलुखुम्बुका १ र १ जना करदाता सम्मानित   |  

Single Image

मुख्यमन्त्री कार्कीको गाडी तोडफोडः गाडीको झण्डा फालियो

  • प्रकाशित मिति: ०६-चैत्र-२०७९ ८:३६
  • रेडियो ओखलढुंगा
मुख्यमन्त्री कार्कीको गाडी तोडफोडः गाडीको झण्डा फालियो

ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगामा मुख्यमन्त्री हिक्मत कार्की सवार गाडी तोडफोड गरिएको छ । कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आन्दोलनकारीले सिद्धिचरण नगरपालिका वडा नं. ११ को गोरुमारेभन्जयाङ चोकमा मुख्यमन्त्री सवार गाडी तोडफोड गर्नुका साथै गाडीमा राखिएको झण्डा निकालेर फ्याँकेका छन् । मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न चैत्र ५ गते ओखलढुंगा आउनुभएको थियो । मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै आन्दोलनकारीले विहानै देखि सिद्धिचरण राजमार्गमा टायर बालेर चक्काजाम गरेका थिए । पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो । कडा सुरक्षाकावीच ओखलढुंगा सदरमुकामबाट सिद्धिचरण नगरपालिका १ तलुवामा सामुदायिक भवनको उद्घाटन गर्न मुख्यमन्त्री कार्की जाँदै थिए । मुख्यमन्त्री विरुद्ध नारावाजी गर्दै आन्दोलनकारीले कालोझण्डा समेत देखाएका थिए । सो क्रममा सुरक्षाकर्मी र आन्दोलनकारीवीच केही समय झडव समेत भएको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top