ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

नागरिकलाई छिटो छरितो सेवा दिन मुख्यमन्त्री कार्कीकोे निर्देशन

  • प्रकाशित मिति: ०७-चैत्र-२०७९ १:५९
  • रेडियो ओखलढुंगा
नागरिकलाई छिटो छरितो सेवा दिन मुख्यमन्त्री कार्कीकोे निर्देशन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जिल्लामा सञ्चालित योजना र सरकारी कार्यालयको अवस्थाको बारेमा जानकारी लिनुभएको छ । चैत्र ६ गते ओखलढुंगाका सरकारी कार्यालय प्रमुखबाट जिल्लाको विकास निर्माणका अवस्थाका बारेमा जानकारी लिनुभएको हो । कार्यालय प्रमुखहरुले जिल्लाको अवस्थाको बारेमा प्रतिवेदन प्रस्तुत भएपछि निर्देश्न दिँनुहुँदै मुख्यमन्त्री कार्कीले नागरिकलाई छिटो छरितो सेवा दिन निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले जिल्लामा सञ्चालित योजना, कार्यक्रम, बजेट खर्चको अवस्था, कर्मचारी व्यवस्थापन लगायतका विषयमा जानकारी लिएसँगै थप बजेट र कार्यान्वयनमा रहेको बजेट तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको जनाएको छ । जिल्लामा रहेको समस्या, समाधानका लागि प्रदेश सरकारले खेल्नुपर्ने भूमिकाको बारेमा कार्यालय प्रमुखहरुबाट सुझाव समेत लिएको प्रजिअ कुमारीको भनाई छ । कार्यालय प्रमुखहरुसँगको छलफलमा खानेपानी तथा सिचाई मन्त्री इन्द्र म्याङ्बो, प्रदेश क्षेत्र नम्बर क ओखलढुंगाका प्रदीप सुनुवार समेतले विकास निर्माण र सुशासन कायम गर्दै बजेटलाई पारदर्शि रुपमा कार्यान्वन गर्न कार्यालय निर्देशन दिनुभएको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top