ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

शान्तीपूर्ण आन्दोलनको को माग गर्दै उद्योग वाणिज्य संघ ओखलढुंगाको ध्यानकर्षण

  • प्रकाशित मिति: ०७-चैत्र-२०७९ २:२८
  • रेडियो ओखलढुंगा
शान्तीपूर्ण आन्दोलनको को माग गर्दै उद्योग वाणिज्य संघ ओखलढुंगाको ध्यानकर्षण

ओखलढुंगा (रेडियो ओखलढुंगा) । उद्योग वाणिज्य संघ ओखलढुंगाले शान्तीपूर्ण आन्दोलन गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ । कोशी प्रदेश नाम खारेजीको माग गरेका आन्दोलनरत पहिचान पक्षबाट संघका सचिव निबन्ध श्रेष्ठको सवारी साधन तथा व्यवसायीक फर्ममा क्षती गराएको भन्दै शान्तीपूर्ण आन्दोलको माग गरेका हुन् । फागुन ५ गते साँझ सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडामा भएको प्रदर्शनमा प्रदर्शनकारीले सचिव श्रेष्ठको व्यवसायिक फर्म, लक्ष्मि स्टोर र स्टोरका बा २० च ९१९ नम्बरको मालबाहक सवारीमाथी तोडेफोड र चालकमाथी दुव्र्यवहार गरेकोप्रत्ति गम्भिर आपत्ति जनाउँदै ध्यानाकर्षण गराएका छन् । राजमार्गमा गुडिरेको सवारी साधन रोक्ने, चालकमाथी दुव्र्यवहार गर्ने जस्ता गैरकानुनी कार्यमा संलग्न माथि आवश्यक छानविन गरि पेशा व्यवसाय गर्ने सुरक्षित वातावरण तयार गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुंगालाई अनुरोध गरिएको संघका अध्यक्ष ज्ञानेन्द्र मास्केको हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ । संविधानले दिएको आफ्ना हक अधिकार खोजी गर्दा अर्काे पक्षको हक अधिकारलाई ध्यानमा राख्दै शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्दै शान्तिपूर्ण आन्दोलनमा आफूहरुको समर्थन रहेको जनाएको छ । फागुन ५ गते, पहिचान पक्षधरहरुले कोशी प्रदेशको नामाकरणको विरुद्धमा रमाईलोडाँडामा टायर बालेर प्रदर्शन गर्दै मुख्यमन्त्री हिक्मत कार्कीको कार्यक्रमलाई अवरोध गरेका थिए ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top