ओखलढुंगा (रेडियो ओखलढुंगा) । प्रदेश नं. १ पुनः नामांकन संयूक्त संघर्ष समितिले ओखलढुंगा उद्योग वाणिज्य संघले विज्ञप्ति जारी गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । चैत्र ५ गते सिद्धिचरण नगरपालिका ११ रमाइलोडाँडामा चक्काजामसहित मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन आयोजित कार्यक्रममा भएको सामान्य घटनाको विषयमा संघले विज्ञप्ति जारी गरेको भन्दै आपती जनाएको हो ।
आफ्नो पहिचान, सभ्यता, इतिहासको रक्षार्थ पहिचानसहितको प्रदेशको पुनः नामाकरणको माग गर्दै शान्तिपूर्ण रुपमा भइरहेको कार्यक्रमलाई लक्षित गरी सवारी सञ्चालन गर्ने, सवारी रोक्न अनुरोध गर्दा वेवास्ता गर्दै आन्दोलन विथोल्ने प्रयास गरेपछि चालकलाई सम्झाई बुझाई गरी सवारी रोक्ने कामसम्म भएपनि त्यही विषयलाई लिएर संघले विज्ञप्ति जारी गर्नु आपतीजनक भएको उल्लेख छ ।
विज्ञप्तिमा कसैको व्यक्तिगत सम्पतीमाथि हानी पु¥याउने वा लक्षित गरी आक्रमण गर्ने नियोजित काम आफूहरुबाट नभएको उल्लेख गर्दै आन्दोलन विथोल्न प्रयास गर्ने सवारीलाई सुरक्षाकर्मी समेतको उपस्थितीमा सवारी साधनको व्यवस्थापन गरिएको जनाएको छ ।
सामान्य विषयलाई अतिरञ्जित गर्दै उद्योग बाणिज्य संघले हचुवाको भरमा विज्ञप्ति जारी गर्नुले आन्दोलन र आम आदिवासी जनजाति, उत्पीडित वर्ग, पहिचान पक्षधरहरुको मर्ममाथि प्रहार भएको दाबी गरेको छ ।
विज्ञप्तिमा कुनै अमूक व्यक्तिको आग्रहमा जिम्मेवार संस्थाले आन्दोलनलाई कमजोर बनाउने षडयन्त्र भएको विज्ञप्तिप्रति कडा शब्दमा खण्डन गर्दै भत्र्सना गरेको उल्लेख छ ।
उनीहरुकै शब्दमा मुठ्ठिभरको शक्तिले अनेक तिकड्म रचेर प्रदेश पुनः नामांकनका लागि शुरु भएको आन्दोलनलाई रोक्न, छेक्न सक्दैन विज्ञप्तिमा भनिएको छ । कसैले त्यस्तो दुस्साहास गरेमा स्वयम्को अन्त्य अवश्यंभावी भएको भन्दै चेतावानी समेत दिएका छन् ।
आन्दोलनलाई विथोल्ने, घुसपैठ गर्नेहरुमाथि प्रहार गर्नु आन्दोलनकारीको धर्म भएको जिकिर गर्दै विज्ञप्तिमा आन्दोलनका क्रममा हुने क्षतिको जिम्मेवार कुनै व्यक्ति नभई राज्य हुने दाबी गरेको छ । विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला समन्वय परिषद्का अध्यक्ष नेत्रबहादुर नेम्वाङ, नेपाल शेर्पा संघका अध्यक्ष पेम्बा शेर्पा र किरात राई यायोक्खाका तर्फबाट अध्यक्ष थगेन्द्रराज राईले हस्ताक्षर गर्नुभएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section