ब्रेकिङ न्युज

आँखा केन्द्र ओखलढुंगामा दूर चिकित्सा यन्त्र सूचारु   |  ज्यामिरेमा जेष्ठ नागरीक, अशक्त र स्वयम सेविकाहरुलाई सम्मान   |  दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  

Single Image

सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन

  • प्रकाशित मिति: ०७-चैत्र-२०७९ २:३६
  • रेडियो ओखलढुंगा
सुनकोशीको विभिन्न वडामा मोतिविन्दु छनौट शिविर सञ्चालन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सुनकोशी गाउँपालिकाको विभिन्न वडामा निःशुल्क मोतिविन्दु छनौट शिविर सञ्चालन भैरहेको छ । गाउँपालिका स्वास्थ्य शाखा, तिलगंगा आँखा प्रतिष्ठान र फिक्कल गाउँपालिका सिन्धुलीको आयोजनामा शिविर सञ्चाल भैरहेको हो । जसअन्तर्गत आज मंगलबार वडा नं. ४ डाडाजेरुङमा सञ्चालन गरिएको शिविरमा १ सय १० जनाले आँखा जाँच गराएको पालिका स्वास्थ्य शाखा संयोजक नेत्रबहादुर कट्वालले जानकारी दिनुभयो । जसमध्ये १९ जनामा मोतिविन्दु देखिएको छ । त्यस्तै हिजो सोमबार वडा नं. १ मा सञ्चालन गरिएको शिविरमा १ सय ८९ जनाले आँखा जाँच गराएकोमध्ये २९ जनामा मोतिविन्दु देखिएको थियो । त्यसैगरी भोली बुधबार वडा नं. ३ र विहिबार वडा नं. २ मा शिविर सञ्चालन गर्ने संयोजक कट्वालले जानकारी दिनुभयो । शिविरमा निःशुल्क आँखा परिक्षण गरिनुका साथै सामान्य विरामीलाई औषधी समेत वितरण गरिएको छ । मोतिविन्दु लागेका विरामीहरुलाई आगामी चैत्र १९ गते सिन्धुलीको फिक्कल गाउँपालिका खाङ्साङ स्थित अप्रेसनको लागि लगिने र २० गते अप्रेसन गरिने संयोजक कट्वालले बताउनुभयो । विरामीको उपाचार, खाना बास तथा यातायात निःशुल्क गरिने गाउँपालिकाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top