ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिका वडा नं. ९ मा सरोकारवालाहरूसंग परियोजनाको अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । ब्रेड फर द वल्र्डको आर्थिक सहयोग, खिजीदेम्बा गाउँपालिकाको साझेदारी तथा लिखुदेम्बा सामुदायिक बिकास मञ्चको आयोजनामा पालिकाको विभिन्न वडा अन्तर्गत वडा नं. ९ मा अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । निवर्तमान वडाअध्यक्ष तथा महिला समाजसेवी खिजीदेम्बा गाउँपालिकाको शिक्षा समिती सदस्य पसी शेर्पाको अध्यक्षतामा २५ सदस्य सहित वडास्तरीय नागरिक समाज गठन गरिएकोे वडाअध्यक्ष ङवाङफुरी शेर्पाले जानकारी दिनुभयो । नागरिक समाज र मञ्चको साझेदारीमा प्रत्येक वडामा नागरिक कार्यलय खोली आफ्नो गाउँटोल बिकास कसरी गर्ने, बिकास माग गर्ने योजना कसरी बनाउने जस्ता कुरामा अभिमूखिकरण प्रदान गर्ने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । गाउँ समाजमा घट्ने स–साना झैं–झगाडा, मन–मुटाब, समाजमा दबिएर बसेका जातिगत, भाषागत, धर्मगत हिङ्सा तथा घर परिवारमा घट्ने द्वन्द्धहरूमा कसरी मेलमिलाप गर्ने र आत्माहत्या जस्तो गम्भीर विषयलाई न्यूनीकरण कसरी गर्ने जस्ता बिषयमा जनचेताना मुलक कार्यक्रम सञ्चालन गरि सुन्दर खिजीदेम्बा बनाउने योजना रहेको जनाईएको छ । यसभन्दा अघि वडा नं. ६ मा अभिमूखिकरण तथा समाज गठन गरिएको थियो ।
कमेन्ट गर्नुहोस
Comment Section