ब्रेकिङ न्युज

निशुल्क लोकसेवा तयारी कक्षा सुरु   |  करेन्ट लागेर महिलाको मृत्यु   |  ट्रयाक्टर दुर्घटना हुँदा २ घाईते चालक फरार   |  शेर्पा संघ प्रदेश नं. १ को अध्यक्षमा पासाङ   |  ओखलढुंगामा बिना बिलको पेय पदार्थ सहित मालबाहक ट्रक नियन्त्रणमा   |  ओखलढुंगामा श्रीमानको कुटाईबाट श्रीमतीको ज्यान गयो, श्रीमान पक्राउ   |  सोलुखुम्बुमा भएको भलिबल खेलको उपाधि युवा संघ ओखलढुंगाले जित्यो   |  जबरजस्ती करणी अभियोगमा मोलुङका एक पुरुष पक्राउ   |  

Single Image

कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने

  • प्रकाशित मिति: ०७-चैत्र-२०७९ ३:०९
  • रेडियो ओखलढुंगा
कोशी प्रदेश नाम खारेज नभएसम्म आन्दोलन जारी रहने

ओखलढुंगा (रेडियो ओखलढुंगा) । प्रदेश नं. १ पुनः नामांकन संयूक्त संघर्ष समिति ओखलढुंगाले प्रदेशको पुनः नामांकन पहिचान र मानव सभ्यताको आधारमा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । आज मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै संघर्ष समितिले कोशी प्रदेश नाम खारेज गरी पहिचान र मानव सभ्यताको आधारमा प्रदेशको पुनः नामांकन नभएसम्म आन्दोलन जारी रहने जनाएको हो । देशव्यापी रुपमा पहिचान पक्षधर आदिवासी जनजाति लगायतले आन्दोलन जारी राखेको उल्लेख गर्दै विज्ञप्तिमा पहिचानलाई नामेट पार्ने कुचेष्टाकासाथ तथाकथित कोशी प्रदेश नामाकरण गर्नु आम आदिवासी जनजाति पहिचान पक्षधरमाथिको अपमान भएको उल्लेख गरेको छ । विज्ञप्तिमा प्रदेश सरकार र प्रदेशसभाबाट भएका यस खाले निर्णयको कडा शब्दमा आलोचना गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रमहरु सञ्चालन भइरहेको र पहिचान पक्षधर शक्तिले ओखलढुंगामा विभिन्न कार्यक्रमहरु शान्तिपूर्वक सम्पन्न गरेको जनाएको छ । समितिले विज्ञप्तिमार्फत शान्तिपूर्ण विरोधका कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण पहिचानवादी शक्तिहरु, आन्दोलनमा स–शरीर उपस्थित जनाउनु विभिन्न जातीय संघसंस्थाका प्रतिनिधी, प्रचारात्मक कार्यमा सहयोग गर्नुहुने पत्रकार आमसञ्चारकर्मीहरुप्रति हार्दिक धन्यवाद समेत ज्ञापन गरेको छ । समितिले घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत ओखलढुंगा सदरमुकामको रमाइलोडाँडामा मसाल जुलुस, आम हडताल, चक्काजाम जस्ता कार्यक्रमहरु सञ्चालन भएको, चैत्र ५ गते रमाइलोडाँडामा चक्काजामसहित कोणसभा र चैत्र ६ गते गोरुमारेभन्ज्याङमा चक्काजामसहित मुख्यमन्त्री हिक्मत कार्की, मन्त्री तिल प्रसाद मेङ्वोलाई कालोझण्डा देखाउने र अबरोध गर्ने कार्यक्रम भव्यताका साथ विज्ञप्तिमा उल्लेख गरेको छ ।  


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top