ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै

  • प्रकाशित मिति: ०९-चैत्र-२०७९ २:२५
  • रेडियो ओखलढुंगा
बजारक्षेत्रमा पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण हुँदै

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका हाट लाग्ने क्षेत्रमा पशुंक्षी विक्रिवितरण कक्ष निर्माण सुरु भएको छ । वडा नं. १२ स्थित साताको दुईपटक शनिबार र बुधबार लाग्ने हाटबजार क्षेत्रमा पशुपंक्षी विक्रिवितरण सहजताका लागि कक्ष निर्माण कार्य सुरु गरिएको हो । नगरपालिका भेटेरीनरी तथा पशुपंक्षी शाखाबाट रु.१० लाख र वडा कार्यालयबाट रु.२ लाख सहित रु.१२ लाख बजेटबाट पशुपंक्षी विक्रिवितरण कक्ष निर्माण कार्य सुरु गरिएको वडाअध्यक्ष उमंग श्रेष्ठले जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार अहिले उपभोक्ताबाट ढलानको काम सञ्चालन भैरहेको छ । अब ट्रष्ट निर्माण गरीने र दुई हप्ताभित्र काम सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । उक्त पशुपंक्षी कक्षमा खसीबोका र कुखुरा विक्रिवितरण गर्न पाईने जनाएको छ । सुँगुर तथा बंगुर विक्रिवितरण कक्षको लागि गोजखान क्षेत्रमा आगामी वर्ष निर्माण गर्ने योजना रहेको वडाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top