ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण

  • प्रकाशित मिति: ०९-चैत्र-२०७९ २:३६
  • रेडियो ओखलढुंगा
फलफुल बचाउन शितलपुरका किसानहरुलाई औषधी वितरण

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका वडा नं. १२, शितलपुरका किसानहरुलाई फलफुलमा लाग्ने रोगकिरा रोकथामको लागि औषधी वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले शितलपुरका २० जना किसानहरुलाई औषधी वितरण गरेको हो । औषधी प्राप्त गरेसँगै किसानहरु हर्षित भएका छन् । आफूहरुले रोपेको सुन्तला, जुनार तथा कागतीमा रोग नलाग्ने, फल नझर्ने र रोग लागिहाले औषधी प्रयोग गर्ने किसानहरुले बताएको, वडा अध्यक्ष उमंग श्रेष्ठले बताउनुभयो । उक्त औषधी हप्ताको एक पटकको दरले दश हप्ता फलफफुलमा लगाउनुपर्ने कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top