ब्रेकिङ न्युज

दुई समाजसेवी शेर्पा द्वारा शेर्पा संघ ओखलढुंगालाई जग्गा दान   |  आँखा केन्द्र ओखलढुंगामा दूर चिकित्सा यन्त्र सूचारु   |  ज्यामिरेमा जेष्ठ नागरीक, अशक्त र स्वयम सेविकाहरुलाई सम्मान   |  दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  

Single Image

मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर

  • प्रकाशित मिति: ०९-चैत्र-२०७९ २:४०
  • रेडियो ओखलढुंगा
मानसिक समस्या भएका मानेभन्ज्याङका नागरीकहरुलाई निःशुल्क स्वास्थ्य शिविर

ओखलढुंगा (रेडियो ओखलढुंगा) । मानेभन्ज्याङ गाउँपालिकामा मानसिक स्वास्थ्य सम्बन्धि निःशुल्क शिविर सञ्चालन भएको छ । गाउँपालिका तथा मानसिक स्वास्थ्य मनोपरामर्श केन्द्र (सिएमसी) नेपालको आयोजनामा निःशुल्क मानसिक स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बुधबार सञ्चालन गरिएको शिविरमा कडा खालको मानसिक रोग, चिन्ता रोग, उदासिनता (डिप्रेसन), तनाव तथा छारेरोग भएका गरी ४३ जना मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुले सेवा लिएको मनोपरामर्शकर्ता कोपिला बस्नेतले जानकारी दिनुभयो । उनीहरुलाई वरिष्ठ मानसिक रोग विशेषज्ञ डाक्टर विद्यादेव शर्माबाट चेकजाँच गरी रोगको प्रकृतिअनुसार निःशुल्क औषधी वितरण गरिएको छ । त्यस्तै सिएमसी र जिल्ला अस्पताल ओसिएमसीका मनोपरामर्शकर्ताहरुले मनोपरामर्श सेवा समेत प्रदान गरेकोे जनाएको छ । चैत्र ४ गतेबाट जिल्लाको विभिन्न पालिकाको केन्द्र तथा वडामा सञ्चालन गरिएको शिविर उपलब्धिमूलक भएको मनोपरामर्शकर्ता बस्नेतले बताउनुभयो । मानसिक स्वास्थ्य समस्या भएका ग्रामिण भेगका नागरिकहरुले औषधी उपचार नपाएर बसेको, मानसिक समस्या भएर पुनः विभिन्न रोग बल्झिएको व्यक्तिहरुले स्वास्थयोपचार पाएको उहाँले बताउनुभयो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top