ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका वडा नं. ११, रमाईलोडाँडास्थित निर्माण सम्पन्न बसपार्क चैत्र १० गते भोलीबाट सञ्चालन हुँदैछ । उक्त रुटमा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुले अनिवार्यरुपमा बसपार्कमा प्रवेश गराएर मात्र ल्याउन तथा लैजान सिद्धिचरण नगरपालिकाले अनुरोध गरेको छ । भोलीबाटै जिल्ला प्रहरी कार्यालयबाट सार्वजनिक सवारीको हकमा टाईम कार्ड लागू हुने प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले जानकारी दिनुभयो । उक्त रुट हुँदै चल्ने सार्वजनिक सवारी साधनलाई बसपार्कबाट टाईम कार्डको व्यवस्था गरिने छ । त्यस्तै सवारी साधनहरु सडकको दायाँ बायाँ पार्कीङ गर्दा बाटो तथा बजारक्षेत्र साँघुरो हुने हुँदा सवारी साधनहरु बसपार्कभित्र मात्र पार्किङ गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
कमेन्ट गर्नुहोस
Comment Section