ओखलढुंगा (रेडियो ओखलढुंगा) । सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका १ थामडाँडामा सडक खन्ने क्रममा आएको पहिरोमा एक कामदार गम्भीर घाईते भएका छन् । ओखलढुंगा मोलुङ गाउँपालिका ६ श्रीचौरका २४ वर्षीय पेम्बा नुरी शेर्पाको खुट्टामा गम्भीर चोट लागेर घाइते भएका हुन् । थामडाँडा हुँदै लुक्ला जोड्ने पर्यटकीय सडक खन्ने क्रममा आएको पहिरोले पुरिदा पेम्बा नुरीको दाहिने खुट्टा नै बाँचिएको छ भने शरिरको अन्य भागमा पनि चोट लागेको वडाध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो । घाइतेलाई तत्काल स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्न लगिएपनि त्यहाँ संभव नभएपछि सिम्रिक एयरको हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ पठाएको छ । थामडाँडा हुँदै गाउँपालिका केन्द्र लुक्ला जोड्ने सडक खन्ने क्रममा विस्फोटक पदार्थ पड्काएर काम गर्दै गर्दा घटना भएको प्रत्यक्षदर्शीले स्थानीयहरु बताउँछन् ।
कमेन्ट गर्नुहोस
Comment Section