४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

सुन सफा गर्ने ३ जना पक्राउ



ओखलढुंगा (रेडियो ओखलढुंगा) । सस्तो मूल्यमा सुनको घरगहना सफा गरी दिने प्रलोभवन देखाउँदै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । ओखलढुंगाको मोलुङ गाउँपालिका २ रामपुरबाट ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका ११ का बर्ष ४४ को राजेश साह, भारत अगरिया जिल्ला फरविसगंज बस्ने बर्ष ४४ को सुनिल मण्डल र भारतकै सोही स्थान ढोलबजिया वस्ने बर्ष ४३ को पारस कुमार दाश रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विकास राईले जानकारी दिनुभयो ।
उनीहरुको साथबाट सुनचाँदीका घरगहना बनाउने विभिन्न सामाग्री, रसायनिक पदार्थहरु समेत बरामद गरिएको छ । सस्तो मूल्यमा सुनको गहना सफा गरि दिन्छु भनि प्रलोभन दिने र गहना हात पारेपछि रसायनिक पदार्थ प्रयोग गरी वास्तविक परिमाण भन्दा कम गरी ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरी निरीक्षक राईको भनाई छ । स्थानीय र जनप्रतिनिधीहरुको सहयोगमा पक्राउ परेकाहरु उपर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ७ : १५ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित