ब्रेकिङ न्युज

दक्षिण कोरिया र खिजीदेम्बावीच दुई एम्बुलेन्स सहयोग सम्झौता   |  भुसुनेमा फेरि सडक अवरुद्ध   |  बजार अनुगमन र यातायात भाडादर तत्काल कार्यन्वयन गर्ने प्रजिअ बराल   |  ओखलढुंगाका पाँच सहित नेपाल विद्या भूषणबाट ९६२ जना विभूषित   |  राजनीतिलाई कानूनको सहायताले प्रहार गर्न खोजियोः जसपा ओखलढुंगा   |  खिजीदेम्बाकै जित भयोः अध्यक्ष शेर्पा   |  खिजीदेम्बा गाउँपालिका अध्यक्ष शेर्पा विरुद्धको रिट खारेज !   |  सरस्वती मा.वि र छात्रछात्रा १ लाख २० हजार रकम सहित सम्मान   |  

Single Image

ज्यामिरेमा कृष्ण मन्दिर उद्घाटन

  • प्रकाशित मिति: १३-चैत्र-२०७९ ४:३७
  • रेडियो ओखलढुंगा
ज्यामिरेमा कृष्ण मन्दिर उद्घाटन

ओखलढुंगा (रेडियो ओखलढुंगा) । सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरे, गहतेमा निर्माण सम्पन्न कृष्ण मन्दिरको उद्घाटन गरिएको छ । एक औपचारिक कार्यक्रमकावीच नगर उपप्रमुख केदारबाबु वस्नेतले मन्दिरको उद्घाटन गर्नुभएको हो । धर्म, संस्कृती जगेर्नाको लागि वडाकार्यालयको रु. २ लाख, स्वास्थ्य आमा समूहको रु. २ लाख र अन्य दाताहरुको आर्थिक तथा भौतिक सहयोगमा रु. ६ लाखको लागतमा निर्माण सम्पन्न भएको वडा अध्यक्ष गुणबहादुर खड्का विवेकले जानकारी दिुनभयो । ८ आना जग्गामा निर्माण सम्पन्न कृष्ण मन्दिरको जग्गा स्थानीय भूपेन्द्र श्रेष्ठ र टोकल श्रेष्ठले निःशुल्क प्रदान गर्नुभएको हो । कार्यक्रमकै अवसरमा दाताहरुलाई दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरिएको वडाअध्यक्ष खड्काले बताउनुभयो । कार्यक्रममा पूर्व नगरप्रमुख मोहनकुमार श्रेष्ठ, सिद्धिचरण स्वास्थ्य शाखा प्रमुख पवन लामा, वडा नं. ९ का पूर्व वडा अध्यक्ष दानबहादुर बाँनिया, आमा समुहसञ्जाल अध्यक्ष भिमकुमारी खड्का लगायत स्थानीयहरुको उपस्थिती रहेको थियो ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top