अमेरिकाको क्यालिफोर्निया प्रान्तको राजधानी सेकरामेन्टोमा आइतबार अपराह्न एक गुरुद्वारेमा दुई सिखमाथि गोली प्रहार गरिएको घटना सार्वजनिक भएको छ । दुवै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । समाचार एजेन्सी एएनआईका अनुसार स्थानीय प्रशासनले यो हिंसाको घटना नभएको र दुई जना परिचित व्यक्तिबीच गोली हानाहान भएको बताएको छ । ब्राडश सिख समाजले पहिलो पटक सिख परेड निकाल्दै गर्दा यो हमला भएको हो । सिख सोसाइटीले भनेको छ, ‘परेड शान्तिपूर्ण तरिकाले निकालिँदै थियो । यो दुर्भाग्य हो कि केही मानिसहरुले एक धार्मिक आयोजनामा खलल पुर्याउने कोसिस गरे । दोषीले सजाय पाउनेछन् भन्ने आशा गर्छौँ । हमला गर्नेहरू परेडको हिस्सा थिएनन् ।’ प्रहरीले सन्दिग्धको खोजी गरिरहेको छ ।
कमेन्ट गर्नुहोस
Comment Section