ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

हिमाली लोकमार्ग बनाउने बाटो खुल्यो

  • प्रकाशित मिति: २५-चैत्र-२०७९ १२:१०
  • रेडियो ओखलढुंगा
हिमाली लोकमार्ग बनाउने बाटो खुल्यो

काठमाडौं  । सरकारले हिमाली लोकमार्ग बनाउने भएको छ । हिमाली सडक यातायातको सहज पहुँचका लागि लोकमार्ग निर्माण अघि बढाउन लागेको हो । गठवन्धन सरकारले हालै सार्वजनिक गरेको संयूक्त सरकारको प्राथमिकता र न्यूनतम साझा कार्यक्रममार्फत हिमाली लोकमार्ग निर्माण अवधारण अघि सारिएको पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । आर्थिक नीति तथा कार्यक्रम अन्तर्गत हिमाली क्षेत्रको समस्यलाई उजागर गर्दै लोकमार्गको अवधारण अघि बढाइएको र यसले नेपाललाई पर्यटकीय अन्तर्राष्ट्रिय गन्तब्यस्थलको रूपमा विकसित गर्न समेत मद्धत मिल्ने न्यूनतम साझा कार्यक्रम मस्यौदा समितिका सदस्य एवं जनता समाजवादी पार्टीका नेता श्रेष्ठको भनाइ छ । ‘हिमाली लोकमार्ग जस्ता पूर्वाधारको विकास गर्ने, पर्यटकीय क्षेत्रका होटल, ट्राभल एजेन्सी, टे«किङ एजेन्सी लगायतका सेवा प्रदायकहरूको विकास तथा गुणस्तर व्यवस्थित गर्ने, साँस्कृतिक, जैविक एवम् भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्ने, राष्ट्रिय निकुञ्ज र आरक्ष क्षेत्रको उचित व्यवस्थापन गर्ने । नीजगढ विमानस्थल लगायत पर्यटन क्षेत्रको पूर्वाधार विकासका लागि आावश्यक योजना बनाउने । हरित पर्यटनको विकास गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने ।’ उल्लेख छ । सोलुखुम्बु हुँदा संखुवासभा, ताप्लेजुङ लगायत क्षेत्रमा आवातजावत गर्न तराईलाई फन्को लगाउने वाध्यता रहेको र यसको अन्त्यका लागि आफूहरुले लामो समयदेखि हिमाली लोकमार्ग निर्माणमा जोड दिइएको नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा वसोवास गर्ने समुदायको जीविकोपार्जन र आर्थिक हैसियत सुधारमा समेत लोकमार्ग आवश्यक रहेको शेर्पाको भनाइ छ । शेर्पाले सोलुखुम्बुमा हिमाली लोकमार्गलाई चुनावी एजेण्डा बनाउनुभएको थियो । लोकमार्गले रसुवादेखि ताप्लेजुङसम्म जोड्ने गरी अघि बढ्ने अधिकारीहरुको भनाइ छ ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top