६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

खिजीदेम्बाका ७९ जनाले हाडजोर्नी जाँच गराए



ओखलढुंगा (रेडियो ओखलढुंगा) । खिजीदेम्बा गाउँपालिकामा सम्पन्न हाडजोर्नी जाँच सम्वन्धि शिविरको दोस्रो तथा अन्तिम दिन ७९ जनाले सेवा लिएका छन् । महिला ३७, पुरुष ३६, किशोरी ५ र किशोर एक जना गरी ७९ जनाले सेवा लिएका हुन् ।
जसमध्ये १० जना अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । ५७ जनाको एक्सरे सेवा लिएको सिविआर खिजीदेम्बाका टोली प्रमुख प्रेम जिसीले जानकारी दिनुभयो । गाउँपालिकामै एक्सरे र ल्याव परीक्षण सेवा समेत रहेकाले शिविर प्रभावकारी बनेको टोली प्रमुख जिसीको भनाइ छ ।
ओखलढुंगा सामुदायिक अस्पताल, समुदायमा आधारित पुनःस्थापना कार्यक्रम (सिविआर) र खिजीदेम्बा गाउँपालिकाको आयोजनामा निःशुल्क हाडजोर्नी जाँच शिविर सञ्चालन भएको हो ।
दुई दिनसम्म सञ्चालन भएको शिविरको पहिलो दिन सोमबार १ सय २७ जनाले सेवा लिएका थिए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ४ : ०६ बजे


©2024 Radio Okhaldhunga सर्वाधिकार सुरक्षित