ब्रेकिङ न्युज

दिक्तेल रुपाकोट मझुवागढीमा तरकारि उत्पादन तथा व्यवस्थापन तालिम सम्पन्न   |  साम्सिङ भन्ज्याङको सबैभन्दा लामो ५३८ फिटको माने निर्माण सुरु   |  अध्यक्ष तामाङको एक बर्षको सुविधा विद्यालयलाई प्रदान   |  श्रमदानबाट ७ करोड बराबरको सडक निर्माण   |  विपद् जोखिम न्यूनिकरण सम्वन्धि अन्तक्रिया कार्यक्रम सम्पन्न   |  ज्यामिरेका ३३ विपन्न घरपरिवारलाई हिलटेक ट्याङ्की हस्तानतरण   |  ओखलढुंगामा पहिलो पटक वादोरीयो कराते डो जिल्ला शाखा गठन   |  खिजीदेम्बा ६ बन्सेमा किशोरी आत्मरक्षा तालिम सञ्चालन हुँदै   |  

Single Image

पोकलीमा सुनुवार समुदायको सांस्कृतिक (कोइच) महोत्सव सुरु

  • प्रकाशित मिति: ०५-बैशाख-२०८० ४:१९
  • रेडियो ओखलढुंगा
पोकलीमा सुनुवार समुदायको सांस्कृतिक (कोइच) महोत्सव सुरु

ओखलढुंगा (रेडियो ओखलढुंगा) । पर्यटन प्रवद्र्धन तथा जातीय पहिचानका लागि पोकलीमा सुनुवार समुदायको सांस्कृतिक (कोइच) महोत्सव सुरु भएको छ । ‘पहिचान सहितको सांस्कृतिक विविधता, पोकलीको समृद्धि र सामाजिक सौहर्दता’ भन्ने मूल नारासहित लिखु गाउँपालिका वडा नं. ९ पोकलीमा मंगलबारबाट सुनुवार समुदायको सास्कृतिक (कोइच) महोत्सव सुरु भएको हो । दुई दिन बैशाख ६ सम्म सञ्चालन हुने महोत्सवको संघिय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा जिल्लाका संघिय सांसद रामहरी खतिवडा, कोशी प्रदेश सभामूख बाबुराम गौतम र प्रदेश सांसद प्रदिपकुमार सुनुवार सहभागि हुन पुग्नुभएको छ । सुनुवार परम्परा, विभिन्न जातजाती धर्मसंस्कारको जगेर्ना गर्ने हेतुले आयोजना गरिएको महोत्सवको उद्घाटनमा विभिन्न जातजातीको झाँकी प्रदर्शन गरिएको प्रचारप्रसार तथा आर्थिक संयोजक पशुपति सुनुवारले जानकारी दिनुभयो । May be an image of 3 people and crowd महोत्सवमा सुनुवारी, तामाङ र शेर्पा जातीको खाना परिकार, कला साहित्य, हस्तकला, पेशागत सामग्री, विभिन्न समुदायको भेषभुषा प्रदर्शन गरिएको छ । त्यस्तै बालनभजन, परम्परागत नाच, विभिन्न जातजातीको सांस्कृतिक प्रदर्शनी, सुनवारी सादरसी, सुनुवारी रत्यौली, टुङ्ना नाँच, बसेबाजा, डम्फुनाँच, शेब्रु नाँच, सुनुवारी भाषाको गित तथा साहित्य प्रस्तुती रहने संयोजक सुनुवारले बताउनुभयो । महोत्सवमा राष्ट्रिय कलाकारहरु शम्भु राई, अशोक मुकारुङ, बविना किराती, लिला श्रेष्ठ, बालकुमार श्रेष्ठ, पुस्कर सुनुवार, महेश सुनुवार, पुजा सुनुवार, अप्सरा सुनुवार, कल्पना सुनुवार, लगायत स्थानीय कलाकारको सांगितिक प्रस्तुती भईरहेको छ । सुनुवार सेवा समाज पोकलीको मुख्य आयोजना रहेको उक्त महोत्सवको सह–आयोजक पोकली झरना सेवा समाज र हिमचुली जनजागरण युवा क्लव छन् । May be an image of 6 people and Saqsaywaman त्यस्तै नेपाल पर्यटन बोर्ड, खिजीदेम्बा गाउँपालिका, लिखु गाउँपालिका, सुनुवार सेवा समाज संघिय समितिको प्रवद्र्धन तथा लिखु गाउँपालिका, किरात सुनुवार सेवा समाज युके, सुनुवार सेवा समाज हङकङ र अन्य सुनुवार सेवा समाजका आङ्गिक संस्थाहरुे सहयोग रहेको आयोजकले जनाएको छ ।   तस्वीरः ओखलढुंगान्युज डटकम, सामाजिक सञ्जाल ।


तपाईलाई यो खबर कस्तो लाग्यो?

कमेन्ट गर्नुहोस

Comment Section



Top