२१ कार्तिक २०८१, बुधबार | Thu Nov 7 2024

खिजीदेम्बाका चौरी गोठगोठमा सोलार



ओखलढुंगा (रेडियो ओखलढुंगा) । ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकाले चौरी पालक कृषकहरुका लागि सौर्य उर्जा प्रणाली (सोलार) वितरण गरेको छ । गाउँपालिकामा चौंरी पालन गर्ने ६ गोठलाई सोलार वितरण गरेको हो ।
देम्बाराम्दीङ्ग आसपासका ६ गोठ चौरी पालक कृषकलाई निःशुल्क ८० वाट क्षमताको सोलार वितरण गरेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो ।

No photo description available.
गाउँमा विद्युतीकरण भएपनि लेकाली चौरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, पुल्ठो, दियालो बाल्नुपर्ने वाध्यात्मक अवस्थाको अन्त्यका लागि चौरीपालक कृषकहरुलाई सौर्य उर्जा प्रणाली गाउँपालिकाले वितरण गरेको अधयक्ष शेर्पाको भनाइ छ ।
सौर्य प्रणाली जडानसँगै गोठभित्र र वाहिर गरी १० वटासम्म बत्ति वाल्न सकिने भएकाले चौँरीगाईको सुरक्षा, गोठमा पनि कृषकका वालबालिकाले उज्यालोमा पढ्न, लेख्न सहजता, कृषकहरुलाई चौरी पालनमा प्रोत्साहन होस् भन्ने हेतुले सहयोग गरेको जनाइएको छ ।

May be an image of 1 person
सोलार वितरणसँगै चौरीपालनलाई व्यवसायीकरण गर्दै रात्री समयमा पनि दुधजन्य वस्तुको काम गर्दै दुग्ध उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने गाउँपालिकाको विश्वास छ । गोठगोठमा सोलार जडानसँगै दिनभर चौरीको चरणमा हुने भएकाले महि पार्ने, स्यारग्यम बनाउने लगायत कामहरु रातको समयमा गर्न सहज भएको कृषक पेम्बा शेर्पाको भनाइ छ ।

No photo description available.
पशुपालनमा रुची भएपनि सुरक्षा, सेवा सुविधाहरु नहुँदा कृषकहरुमा नैरश्यता छाइरहेको अवस्थामा गाउँपालिकाले सोलार वितरण गरेर सहयोग गरेको प्रति कृषकहरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले गाउँपालिकाले दुधजन्य वस्तुको बजारीकरण, विमा सुरक्षा, चरिचरण क्षेत्रको व्यवस्थामा सहजिकरण गरी दिन समेत अनुरोध गरेका छन् ।

No photo description available.परम्परागत रुपमा पशुपालन गर्दै आएका यस क्षेत्रका कृषकहरुलाई गाउँपालिकाले आधुनिक तवरले काम गर्न विभिन्न तालिम कार्यक्रमसहित प्रोत्साहन दिने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर रजनमगरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  २ : १२ बजे