ओखलढुंगा (रेडियो ओखलढुंगा) । यही बैशाख ११, १२ र १३ गते सुनसरीको ईटहरीमा सञ्चालन हुने कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा ओखलढुंगा जिल्लाबाट सहभागि हुने खेलाडीहरुलाई शनिबार विदाई गरिएको छ । जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजनामा जिल्लाबाट विभिन्न विधामा छनौट भएका खेलाडीहरुलाई विदाई तथा शुभकामना प्रदान गरिएको हो । ओखलढुंगाबाट छात्र र छात्रा दुवैतर्फ गरी भलिबल, एथ्लेटिक्स, कवडी र मार्सल आर्ट तर्पmका ८० जना खेलाडीहरु सहित टिम व्यवस्थापक र टिम प्रशिक्षकहरु रहेको जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका अध्यक्ष प्रविन श्रेष्ठले जानकारी दिनुभयो । उनीहरुलाई जिल्ला समन्वय समिति उपप्रमुख तारा कार्की, राष्ट्रपति रनिङ्ग शिल्ड निर्देशन समिति सदस्य द्धय सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष उमंग श्रेष्ठ र नगर शिक्षा तथा खेलकुद शाखा प्रमुख फणिन्द्र कट्वालले अविर र खादा लगाएर विदाई गर्नुभएको कार्यालय प्रमुख बालकुमार खनालले जानकारी दिनुभयो । उहाँहरुले खेलाडी जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष अनुशासन भएको बताउँदै अनुशासनमा रही खेल खेल्न र जिल्लाको शिर उच्च बनाउने गरी खेल्न अनुरोध गर्दै खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नभएको छ । जिल्लाको सम्पूर्ण टिम आईतबार विहान ६ बजे ईटहरी प्रस्थान गर्ने जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले जनाएको छ ।
कमेन्ट गर्नुहोस
Comment Section